शनिबार, साउन १२, २०८१
06:09 | १०:५४

अल्डरसटमा नेपाली राजदूतले गरे दिवंगत पूर्खाहरुप्रति श्रद्धान्जली अर्पण

नेपाली लिङ्क नोभेम्बर १२, २०२३

लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जिआरएनसी) यूकेले शनिबार पूर्खा दिवस (रिमेम्बरेन्स डे) का क्रममा दिवगंत सैनिकहरुपति श्रद्धान्जली अर्पण गरेको छ ।

अल्डरसटको प्रिन्सेस गार्डेन सर्जरीमा रिथ चढाउनुअघि बिहान १०.४० बजे क्यूओजिएलआरको मार्चपासमा प्रमुख अतिथी राजदूत ज्ञानचन्द्र आचार्य, विशेष अतिथिहरु रुसमुर बरो काउन्सिल मेयर क्लाइभ ग्राटन, काउन्सिल लिडर काउन्सिलर डेभिड क्लीफोर्ड लगायत गोर्खा तथा नेपालीहरु उत्साहजनक रुपमा सहभागी भएको जिआरएनसी अध्यक्ष मान गुरुङले जनाए ।

स्वर्गीय भिसी कुलवीर थापाको मूर्ति अगाडि एकत्रित भीडमाझ कार्यक्रम संयोजक क्याप्टेन रि. ग्यारी घलेले अंग्रेजीमा हाम्रा हजारौं पुर्खाहरुले पहिलो र दोश्रो युद्धमा ज्यान गुमाएको स्मरण गर्दै उनीहरुको सम्झनामा श्रद्धान्जली अर्पण गर्न कार्यक्रम गरिएको जनाए ।


त्यसैगरि कार्यक्रम सह-संयोजक मेजर रि. खिम गौचनले दोस्रो विश्व युद्दको चिहान घरमा बाचन गरिएको कविता सुनाए।

क्यूओजिएलआरका पण्डित शिवचन्द्र निरौला (एमबीइ) ले हिन्दू धर्म र लामा गुरु खेन्पो कर्मा चुल्त्रिमले अष्ठ मंगलम मन्त्र पढी आत्माशान्ति र मानव जगतको सुःख शान्तिको कामना गरेका थिए ।

सो अवसरमा राजदूत आचार्य, आयोजक जिआरएनसीका अध्यक्ष मान गुरुङ, विशेष अतिथीहरु लगायतले रिथ चढाएका थिए ।

अध्यक्ष गुरुङले कार्यक्रम सफल बनाउन खटिने संयोजक क्या. रि. ग्यारी घले, सह-संयोजक खिम गौचन, उपाध्यक्ष उत्तरबहादुर गुरुङ, कार्यवाहक महासचिव सुशीला थापामगर, सह-कोषाध्यक्ष जीत मेनाअङ्बो, मेडिया सह-संयोजक एज्रा श्रेष्ठ, महिला उपाध्यक्ष लिला सेलिङ माबो, सल्लाहकार ओम थापा, तोप पल्ली, धन माया गुरुङ, क्या ताम ढेगा, विष्णु श्रेष्ठ, जीव बेल्बासे, रामचन्द्र गुरुङ लगायत सहभागीप्रति आभार व्यक्त गरे ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू