शुक्रबार, वैशाख २१, २०८१
14:43 | १९:२८

निर्देशक गुरुङले ल्याए ‘प्रिय तिमी’ म्यूजिक भिडियो

नेपाली लिङ्क सेप्टेम्बर १५, २०२३


लन्डन । बेलायतवासी निर्देशक प्रभु गुरुङले ‘प्रिय तिमी’ गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । 

निश्मा बन र झलक तामाङको अभिनय रहेको म्यूजिक भिडियो सुमन श्रेष्ठले छायांकन गरेका हुन् । 

बेलायतका विभिन्न स्थानमा छायांकन गरिएको उक्त म्यूजिक भिडियोमा प्रभु गुरुङको निर्देशन तथा कोतियोग्राफी छ । उनले यसअघि बेलायतबाटै दर्जनौं नेपाली म्यूजिक भिडियो निर्देशन गरिसकेका छन्।

प्रवासमा बसेर पनि आफूले नेपाली गीतसंगीतलाई निरन्तरता दिंदै आएको र सबैको साथ सहयोग अपेक्षा गरेको निर्देशक गुरुङले बताए ।

ममता गुरुङको स्वर रहेको उक्त गीतमा राम प्रसाद गुरुङको शब्द तथा नन्दु गुरुङको संगीत छ ।

म्यूजिक भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू