मंगलबार, ६ जनवरी, २०२६
23:06 | ०४:५१

गुन्यू चोलो र दौरा सुरुवाल लगाएर लण्डन बिग हाफ म्याराथनमा नेपालीहरुको कीर्तिमान दौड

नेपाली लिङ्क सेप्टेम्बर ४, २०२३


लण्डन- बेलायतको प्रसिद्ध दौड मध्यको एक ‘बिग हाफ म्याराथन’ मा २०० बढी नेपालीमूलका प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन्   

अघिल्लो वर्ष भन्दा उल्लेख्य रुपमा सहभागिता बढेसंगै स्वास्थ्य र तन्दुरुस्ती प्रवर्धन गर्न दौडका विभिन्न प्रयास हुन थालेका छन् । 

आइतबार लण्डनको मध्य भागमा सम्पन्न बिग हाफमा नेपाल रन यूकेका करिब १० जना धावकले नेपाली पोशाक लगाएर कीर्तिमान राखेका छन् । गुन्यूचोलो लगाएर अन्जु सिग्देल, मूना गौतम, मनिषा लिम्बू लगायतले दौडिएका थिए भने आत्माराम दाहाल, रवीन्द्र अधिकारी, राजेन्द्र ओझा, चुरामणि रेग्मी लगायतले दौरा सुरुवाल लगाएर दौड सम्पन्न गरे । 

हालसम्म लण्डनका म्याराथनमा नेपाली पोशाकमा दौडिएको यो पहिलो रेकर्ड रहेको बताइएको छ । नेपाली संस्कृति र परम्परालाई प्रवर्धन गर्ने प्रयासले यो गरिएको नेपाल रनका इभेन्ट कोअर्डिनेटर तथा एनबीसी यूकेका सचिव रवीन्द्र अधिकारीले बताए । दौड प्रतियोगितामा विभिन्न पोसाक र प्रक्रियाले दौडिएर कीर्तिमान राख्ने चलन छ । 


कार्यक्रममा सहजीकरण गर्न संस्थाका पदाधिकारी पाण्डव महतो, उदेश देवान लगायत पुगेका थिए भने रन्डर बोल्टका पदाधिकारी र धावक पनि सहभागी थिए।    

समुदायलाई तन्दुरुस्त राख्न निरन्तर गतिविधि गर्दै आएको नेपाल रन यूकेले आगामी नोभेम्बर ५ मा नर्थल्ट १० के रन आयोजना गरेको छ।  

कार्यक्रममा सहभागी बनि तन्दुरुस्त रहन संयोजक सन्तोष राईले अनुरोध गरे ।

समुदायलाई नै स्वास्थ्य र तन्दुरुस्त रहन प्रेरित गर्ने नेपाल रनको अभियानमा नेपालीहरु साथै नयाँ पुस्ताको उल्लेख्य सहभागिता रहेको नेपाल रनका जगन कार्कीले जनाए । 

नेपाल रनको समुदायलाई नै स्वास्थ्य रहन प्रेरित गर्ने अभियानमा सहभागी बन्न आगामी नोभेम्बर ५ तारिखको कार्यक्रममा सिमित सिट रहेकोले समयमा नै दर्ता गरेर सहभागी भै फाइदा लिन कार्कीले अनुरोध गरेका छन्।  

कार्यक्रममा सहभागी हुने प्रत्येक धावकले अमुल्य स्वास्थ्य लाभ लिने मात्र हैन टिसर्ट, मेडल पनि प्राप्त गर्ने साथै परिवार र समाजलाई स्वास्थ्य रहन प्रोत्साहन पनि गर्ने कार्कीले बताए। कार्यक्रममा सहभागी हुन www.nepalrun.org मार्फत दर्ता गर्न सकिनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू