शनिबार, साउन १२, २०८१
06:49 | ११:३४

राजकीय सम्मानका साथ प्रधानमन्त्री पत्नीको अन्त्येष्टि   

रासस जुलाइ १२, २०२३

नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार पशुपति आर्यघाटमा धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा दागबत्ती दिंदै । तस्बिर-रासस

काठमाडौँ, २७ असार-प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । 

मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

उनको पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिक शरीरमा दागबत्ती दिए। प्रधानमन्त्रीको साथमा उनका छोरीहरु रेणु र गङ्गा दाहालले सीताको पार्थिक शरीरमा दागबत्ती दिएका थिए। 

आज बिहान निधन भएकी सीतालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शवयात्राका साथ पशुपति आर्यघाट पुर्‍याइएको थियो । पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत शीर्ष नेताहरुको उपस्थिति थियो । 

त्यस्तै, आर्यघाटमा मन्त्रीगण, सरकारी अधिकारी, नेकपा(माओवादी केन्द्र) का नेता, कार्यकर्ता र शुभेच्छुकको बाक्लो उपस्थिति थियो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न पशुपति आर्यघाट पुगेका सर्वसाधारण । तस्बिर- रत्न श्रेष्ठ / रासस

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू