बिहीबार, कार्तिक ८, २०८१
17:57 | २२:४२

जन्मदिवसको खर्च जोगाएर असहायलाई एनबीसी यूकेको झन्डै दुई लाख सहयोग

नेपाली लिङ्क डिसेम्बर ९, २०२२

लण्डन । नेप्लिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले  पवित्र सेवा समाज, नेपाललाई एक लाख ९१ हजार दुई सय सतासी (रू १,९१,२८७) रुपैयां प्रदान गरेको छ ।

संस्थाका सदस्य तथा छोराछोरीहरूको जन्मदिवसमा संकलित रकम असहायको सेवामा समर्पित समाजलाई प्रदान गरिएको हो ।
इन्द्रेणी कार्यक्रममार्फत समाजकी सन्चालिका दिक्षा चापागाईलाई सहयोग गरिएको एनबीसी यूके कोअर्डिनेटर राजेन्द्र ओझाले जनाए ।

‘हामीले गरेको यो सानो सहयोगले पवित्र सेवा समाजका ६५ जना सदस्यका निम्ति केहि दिनका लागी खाना, औषधि, जाडोमा लगाउने न्यानो कपडा-जुत्ता साथै अध्ययन सामाग्रीमा सहयोग पुग्ने छ’- ओझाले भने ।

उनले सहयोगी सबैप्रति व्यक्तिगत तथा संस्थागत आभार व्यक्त गरेका छन् ।

आफ्नो सहयोगले समाजलाई थप हौसलासहित आगामी दिनमा नयाँ जोश जाँगर प्रदान गर्ने विश्वास कम्युनिटीको छ ।   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू