सोमबार, साउन ७, २०८१
12:46 | १७:३१

मेस्सीको गोलसँगै अर्जेन्टिनाको विश्वकप आशा जीवितै

रासस/एएफपी नोभेम्बर २७, २०२२

अर्जेन्टिनी फ्यान । तस्विर- एएफपी

दोहा, ११ मङ्सिर–शनिबार राति भएको खेलमा मेक्सिकोमाथि २–० को जित निकाल्दै विश्वकप यात्रा जीवित राख्न अर्जेन्टिना सफल भएको छ ।

कतारमा समूह ‘सी’ को पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाले शनिबारको खेल पनि हारेको भए उसको प्रतियोगिताको सम्भावना समाप्त हुन सक्ने थियो ।

खेलको ६४ औं मिनेटमा २० मिटर टाढाबाट गोल गर्दै अर्जेन्टिनाका लागि मेसीले गोल गरे भने एन्जो फर्नान्डिजले दोस्रो गोल थपे ।

मेसीले विश्वकप खेलको पहिलो खेलमा भएको हारले कठिन भएको बताउँदै भने, “पहिलो खेलमा हामीलाई घाटा भयो । हामीलाई थाहा थियो कि हामीले आज जित्नै पर्छ, हाम्रो लागि अब बल्ल विश्वकप सुरु हुँदैछ ।”

तस्विर- एएफपी

मेक्सिकोले राम्रो खेलेका कारण गोल गर्न निकै कठिन भएको उनको भनाइ थियो ।

मेस्सीले अर्जेन्टिनाका लागि विश्वकपमा आठ गोल र २१ खेलमा उपस्थिति जनाउँदै स्वर्गीय डिएगो म्याराडोनालाई बराबरी गरेका छन् ।

अर्जेन्टिनाले म्याराडोनाको मृत्युको दोस्रो वार्षिकी मनाएको एक दिनपछि यो जीत निकालेको हो ।

सात पटकका बालोन डी’ओर विजेता मेसीबाहेक सबैका लागि यो अवसर प्राप्त भएको जस्तो देखिने खराब र तनावपूर्ण भिडन्तमा यी गोलहरू गुणस्तरका दुई दुर्लभ क्षणहरू थिए ।

तर, अर्जेन्टिनाले नकआउट चरणमा स्थान पक्का गर्न अझै पनि समूह चरणको अन्तिम खेल पोल्याण्डविरुद्ध जित्नैपर्ने हुन्छ ।

मेसीले भने, “हामी अहिले छोड्न सक्दैनौं । अब हरेक खेल फाइनल हो, हामी कुनै गल्ती नगरिकन खेल्नेछौँ ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू