शुक्रबार, जेठ ४, २०८१
13:05 | १७:५०

पुण्य रेग्मीलाई आरजीएनएस कार्यवहाक अध्यक्षको जिम्मेवारी

नेपाली लिङ्क अक्टोबर ३१, २०२२

लन्डन। साउथ इष्ट लन्डनवासी नेपालीहरुको साझा संस्था ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी’ (आरजीएनएस) को कार्यवहाक अध्यक्षको जिम्मेवारी पुण्य रेग्मीले पाएका छन्।

आइतबार सम्पन्न संस्थाको कार्यसमिति र सल्लाहकारहरुको संयुक्त बैठकले उपाध्यक्ष रेग्मीलाई कार्यवहाक अध्यक्षको जिम्मा दिने निर्णय गरेको हो।

रेग्मीलाई कार्यवहाक अध्यक्ष बनाउन भन्दै अध्यक्ष काउन्सिलर    जीत रानाभाटले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।  

केही महिनाअघि स्थानीय रोयल ग्रीनवीच बरोमा पहिलो नेपाली काउन्सिलरका रुपमा निर्वाचित रानाभाटले आफ्नो कार्यव्यस्तताको कारण देखाएर कार्यकारी भूमिका हस्तान्तरण गरेका हुन्।

बैठकपछि अध्यक्ष रानाभाटले उपाध्यक्ष रेग्मीलाई दिएको  नियुक्तिपत्रमा भनेका छन्, ‘मेरो कार्यव्यस्तता र परिस्थितिजन्य कारणले गर्दा संस्थामा आवश्यकताबमोजिम उपयुक्त समय, स्रोत र साधन प्रदान गर्न अफ्टेरो परेको हुनाले  संस्थाका ज्येष्ठतम उपाध्यक्ष पुण्य रेग्मीलाई विधानत कार्यवहाक अध्यक्षको रुपमा जिम्मेवारी प्रदान गर्नको लागि संस्थाका कार्यकारी समिति, संरक्षक, विशेषज्ञ टीम, अग्रज तथा सल्लाहकारहरुको रोहबरमा नियुक्ति प्रदान गर्दछु ।’  

कार्यकारी जिम्मेवारी हस्तान्तरण गरेपनि संस्थाको काममा सक्दो साथ दिने आफ्नो प्रयास निरन्तर रहने उनले जनाएका छन्।  

बैठकले गत अक्टोबर २३ मा सम्पन्न आरजीएनएस दशैंतिहार शुभकामना तथा कम्युनिटी अवार्ड वितरण कार्यक्रम भव्य रुपमा सफल भएको निष्कर्ष निकाल्दै सहयोगी तथा सहभागी सबैमा आभार प्रकट गरेको छ।

त्यस्तै, कार्यक्रमको आयव्ययसम्बन्धि पूर्ण रिपोर्ट आगामी साताभित्रै पेश गर्न कोषाध्यक्ष रुद्र गौतमलाई जिम्मेवारी प्रदान गरिएको छ।

अध्यक्ष जीत रानाभाटले अध्यक्षता र महासचिव मञ्जु भण्डारीले सञ्चालन गरेको बैठकमा संस्थाका संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, संस्थापक सल्लाहकारहरु मोहन गुरुङ, एलएन पाण्डे र अर्क तिम्सिना, सल्लाहकारहरु कर्ण शाही, फडिन्द्र भट्टराई, ह्यारी गुरुङ र राजन खकुराल, कार्यसमिति उपाध्यक्षहरु पुण्य रेग्मी र लीलादेवी गुरुङ, कोषाध्यक्ष रुद्र गौतमसहितका पदाधिकारी एवम् सल्लाहकारहरुको सहभागिता थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू