बिहीबार, कार्तिक ८, २०८१
17:53 | २२:३८

रसमोर बरोमा पहिलोपटक लेबरबाट काउन्सिलर उम्मेदवार छानिए नेपाली

नेपाली लिङ्क अक्टोबर २०, २०२२

लन्डन । रसमोर बरो काउन्सिलमा पहिलोपटक लेबर पार्टीबाट काउन्सिलर उम्मेदवारमा नेपाली छानिएका छन् ।

भूतपूर्व गोर्खा, समाजसेवी तथा व्यवसायी धनबहादुर सार्की वेलिङटन वार्डमा उम्मेदवार छनोट भएका हुन् ।

रसमोरमा कन्जरभेटिभ पार्टीबाट नेपालीमूलका उम्मेदवार भएपनि लेबरबाट सार्की पहिलो नेपाली हुन् ।

विगत ४ वर्षदेखि लेवरमा आवद्ध सार्की गत १९ अक्टोबर बुधबार बेलुका अल्डरसट लेबर ब्रान्चको छनोट प्रक्रियामार्फत छानिएका थिए ।

आउंदो ४ मे, २०२३ मा हुने स्थानीय निर्वाचनका लागि सार्कीसहित रसमोरको रोहिल वार्डबाट हलेह कोहेस्तानी, अल्डरसट पार्क वार्डबाट सोफी पोर्टर, नर्थटाउन वार्डबाट गेनर अस्टिन र म्यानोर पार्क वार्डबाट बेकी विलियम्स उम्मेदवार छानिएका छन् ।


नेपाली वेलफेयर सोसाइटी यूकेका अध्यक्ष सार्की एनआरएनए यूकेमा सदस्य निर्वाचित भएका थिए । उपाध्यक्षमा पराजय भोगेपनि उनी लामो समयदेखि एनआरएनए अभियानमा सामेल छन् ।

सार्कीले आफ्नो चुनावी अभियानमा नेपाली समुदायबाट सक्दो सहयोग पाउने आशा व्यक्त गरेका छन् । ‘म यसअघि पनि नेपाली समुदायमा समाजसेवामै तल्लीन थिए । अबको यात्रा राजनीतिबाट भएपनि सेवा समुदायकै लागि गर्ने अठोट लिएको छु’, उनले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू