आइतबार, साउन ६, २०८१
19:58 | ००:४३

प्रधानमन्त्री देउवाद्वारा डडेल्धुराबाटै सातौँ पटक उम्मेदवारी दर्ता  

रासस अक्टोबर ९, २०२२

डडेल्धुरा-प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेल्धुराबाट उम्मेदवारी दर्ता गरेका छन् । उनका तर्फबाट धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएकी हुन् ।

वारिसनामामार्फत डा.आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गरेको डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । उम्मेदवारी दर्ता गराउन डा आरजु देउवा हिजो नै डडेल्धुरा पुगेकी थिइन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्याका लागि डडेल्धुराबाटै यो सातौँ पटक उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू