शुक्रबार, चैत १६, २०८०
10:58 | १६:४३

लण्डनमा तमु समाज यूकेको १५ औं वार्षिक उत्सव

नेपाली लिङ्क अक्टोबर २, २०२२


लण्डन । तमु समाज यूकेले स्थापनाको १५ औं वार्षिक उत्सव मनाएको छ । गत ३० सेप्टेम्बर शुक्रबार लन्डन वेम्ब्लीस्थित वारहम पार्कमा अवस्थित आफ्नै समाज घरमा उत्सव मनाइएको हो ।

छैटौं कार्यसमिति बैठकले पारित गरे अनुरूप सानो पारिवारिक माहोलमा पन्ध्रौं वार्षिक उत्सव मनाइयो ।

कार्यक्रमको प्रमुख अतिथि थिए लन्डन बरो अफ बार्नेट काउन्सिलका नव निर्वाचित काउन्सिलर तथा तमु समाज यूकेका सल्लाहकार कमल गुरुङ ।

समाजका अध्यक्ष शिव कुमार गुरुङको अध्यक्षता रहेको कार्यक्रम सचिव धरम बल गुरुङले सञ्चालन गरेका थिए । औपचारिक कार्यक्रम उद्घाटन हुनु पूर्व सचिव गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ ब्रिफ दिए ।

सभाका सभाध्यक्ष शिवकुमार गुरुङ, प्रमुख अतिथि कमल गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, आमा समूह अध्यक्ष श्रीमति उमा देवी गुरुङ लगायत अन्य अतिथीको आसन ग्रहण पछि कोभिड तथा अन्य कारणले समाजले गुमाउनु परेका सदस्यहरुको आत्मशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो । 

त्यस पश्चात समाजका अध्यक्ष शिव कुमार गुरुङ, प्रमुख अतिथि काउन्सिलर कमलकुमार गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै अध्यक्ष शिव कुमार गुरुङले समाजले राखेका पवित्र उद्देश्यहरू र हालसम्म हरेक क्षेत्रमा हासिल गरेका उपलब्धिको फेहरिस्त सुनाए । 

संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले स्थापनाकालको प्रथम कार्यसमितिदेखि हालको छैटौं कार्यसमितिसम्म नेतृत्वमा रहेका अध्यक्षहरु, आमा समूहका पूर्व देखि वर्तमान सम्मका अध्यक्षहरु लगायत सबैको सवल नेतृत्व र साथ समर्थन कै कारण समाजले आज यो उचाई प्राप्त गर्न सफल भएको भन्दै सबैलाई धन्यबाद दिए ।


त्यसपश्चात बीचमा सुमिना गुरुङ, दिया लिम्बु र ओशिन राना मगरको एउटा कौडा नृत्य प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा अहोरात्र खटेर योगदान दिने सदस्यहरुको उच्च मूल्याङ्कन गर्दै ति सदस्यलाई उत्कृष्ट समाज सेवा सम्मान पत्र २०२२ बाट सम्मान गरियो। 

सम्मानित हुने सदस्यहरुमा तमु समाजका सदस्य तथा कार्यसमिति पदाधिकारी, नव निर्वाचित बृगेड अफ गोर्खाज इन्टेक १९८४ संस्थाका अध्यक्ष भिम बहादुर गुरुङ, चार भन्ज्याङ तमु समाज यूकेका अध्यक्ष बेन कुमार गुरुङ, तनहुँ समाज यूकेका संरक्षक लेखबहादुर गुरुङ  र उनीहरुका अर्धाङगिनीलाई फेटा र दोसल्ला ओडाई बधाई-शुभकामना दिइयो ।

उत्कृष्ट समाजसेवा कदर पत्रबाट सम्मानित हुने ब्यक्तिलाई समाजका अध्यक्ष शिव कुमार गुरुङले फेटा लगाई सम्मान गरेका थिए भने प्रमुख अतिथी लन्डन बरो अफ बार्नेटका काउन्सिलर कमल गुरुङले कदर पत्र प्रदान गरे।

उत्कृष्ट समाज सेवाबाट सल्लाहकार काशीराज बोहोरा, पूर्व साँस्कृतिक सहसचिव सन्तोक गुरुङ, सल्लाहकार ले. रि. मिम बहादुर गुरुङ, आमा समूह पूर्व उपाध्यक्ष पुष्प गुरुङ र निवर्तमान साँस्कृतिक सचिव सरु गुरुङ/राना सम्मानित भए । 

समाजसेवा सम्मानबाट ढक बहादुर थापा मगर सम्मानित भए भने नेपाल आइडल सिजन ४ विजेता भूपेन्द्र थापा मगर, भोइस अफ नेपाल सिजन ३ की उपविजेता सुश्री तारा शिरिष मगरलाई पनि स्वागत तथा सम्मान गरियो।  सम्मान पत्रमा लिखित शब्द सचिव धरम बल गुरुङले वाचन गरेका थिए।

त्यस पश्चात तमु समाज यूके यस वर्ष तमुधिं यूकेद्वारा आयोजित तेह्रौं नेपाली मेलामा उत्कृष्ट नृत्य प्रस्तुत गरेर प्रथम स्थान हासिल गर्न सफल भएको र एमबेसडर कपमा तेश्रो स्थान विजय गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै उक्त मेलामा सक्रिय रुपमा लागेर समाजलाई योगदान दिने सदस्य र कलाकारहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।  

मायाको चिनो प्राप्त गर्ने सदस्य तथा कलाकारहरुमा पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन कुमार गुरुङ, सल्लाहकार सुश्री बिजु गुरुङ, सल्लाहकार उदय गुरुङ, सल्लाहकार ज्ञान बहादुर गुरुङ, सदस्यहरु सूर्य कुमारी गुरुङ, लिल कुमारी गुरुङ, कुबिन्धर गुरुङ, गोपाल गुरुङ, सुवास गुरुङ, प्रज्वल गुरुङ, पूर्व साँस्कृतिक सचिव सन्तोक गुरुङ, निवर्तमान साँस्कृतिक सचिव सरु गुरुङ राना, तमु साँस्कृतिक मञ्च यूकेका अध्यक्ष कुमार गुरुङ, कलाकारहरु सुश्री जरिना गुरुङ, सुश्री सुमी गुरुङ, सुश्री दिया लिम्बु, सुश्री गिरिसा सुवेदी, सुजिता गुरुङ र सुश्री ओसिएन राना, प्रज्जु गुरुङ र सुश्री निया राई थिए । 

मायाको चिनो प्रदान गर्नु पूर्व अध्यक्ष शिव कुमार गुरुङले नेपाली मेला सम्बन्धमा तयार पारिएको छोटो भिडियो क्लिप पर्दामा देखाएका थिए। 

मायाको चिनु अध्यक्ष शिव कुमार गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिव चन्द्र गुरुङ र आमा समूहकी अध्यक्ष श्रीमति उमादेवी गुरुङको हातबाट प्रदान गरिएको थियो ।


मायाको चिनो प्रदान गरे पश्चात अध्यक्ष शिव कुमार गुरुङ, प्रमुख अतिथि काउन्सिलर कमल गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्व अध्यक्षहरु शिव शरण गुरुङ, अर्जुन कुमार गुरुङ, शिवचन्द्र गुरुङ, आमा समूह अध्यक्ष श्रीमति उमा देवी गुरुङ आदिले पन्ध्रौं वर्ष उत्सव केक काटे ।  

प्रमुख अतिथि काउन्सिलर कमल गुरुङले समाजका संस्थापक अध्यक्षदेखि हाल सम्मका अध्यक्षहरुको सवल नेतृत्वका कारण समाजले नयाँ उचाई लिएको बताए ।  

उपाध्यक्ष श्रीमति बिन्दु घलेले सबैलाई धन्यबाद दिदै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेकी थिइन् ।

अन्तमा नेपालबाट आएका कलाकारद्वय भूपेन्द्र थापा मगर (नेपाल आइडल सिजन ४ विजेता) र सुश्री तारा शिरिष मगर (भोइस अफ नेपाल सिजन ३ उपविजेता) ले गायन प्रस्तुत गरे मनोरन्जन दिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू