शनिबार, साउन १२, २०८१
06:05 | १०:५०

बेलायतमा ‘राई इज किङ’ राजेशपायलको एकल कन्सर्ट २४ जुलाईमा

नेपाली लिङ्क जुन १९, २०२२

लन्डन । नेपालका चर्चित गायक राजेशपायल राई बेलायत आउने भएका छन् । राई इज किंग उपाधि पाएका गायक राई आफ्नो एकल गायनका लागि बेलायत आउन लागेका हुन् ।

किरात राई यायोक्खा बेलायतले आउंदो २४ जुलाई २०२२ का दिन लाइभ ब्याण्डसहित ‘राजेश पायल राई एकल साँझ’ नामक भव्य सांगीतिक कार्यक्रम गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रि.क्या. सुमनचन्द्र राईले जनाए ।

अल्डरसटमस्थित एम्पायर हलमा कार्यक्रम तय छ । लामो समयदेखि नेपाली सांगीतिक आकासमा एकछत्र राज गरिरहेका राईले अढाइ घण्टा लामो कार्यक्रममा करिब दुई दर्जन गीत गाउनेछन् । सोही कार्यक्रमबीच गायक राईलाई किराया बेलायतले सम्मान पनि गर्नेछ ।

उक्त कार्यक्रम भव्य र जीवन्त बनाउन लाइभ ब्याण्ड समावेश गरिने र त्यसका लागि बेलायतका उत्कृष्ट वाद्यवादकहरु छनौट भइसकेको संयोजक राईले जनाए ।

करिव एक हजार दर्शक अट्न सक्ने क्षमता रहेको एम्पायर हलमा किरात राई समुदायमात्र सिमित 
नराखी गैर किरात राईहरु, उनका फ्यान र नेपाली संगीतप्रेमीलाई पनि विशेष प्राथमिकता दिइने अयोजकको योजना छ ।

राजेश पायल एकल साँझको अफिसियल मिडिया पार्टनरमा वी नेपाली डट कम, नेपाली लिंक, शीतलपाटी, लन्डननेपालन्यूज, गोर्खा मेडिया, सिलौटी टाइम्स् छन् ।

कार्यक्रमबाट संकलित रकम कला तथा कलाकारको सम्मान, किरात राई समुदायको भलाई, परोपकार तथा कल्याण कार्यमा थप गति प्रदान 
गर्ने कार्यमा खर्च हुने किराया बेलायत उपाध्यक्ष तथा कार्यक्रम संयोजक रि. क्या सुमनचन्द्र राईले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू