शनिबार, वैशाख ८, २०८१
06:37 | ११:२२

न्यूयोर्कमा गोली प्रहारबाट १० मारिए

रासस/सिन्ह्वा मे १५, २०२२

न्यूयोर्क १ जेठ – न्यूयोर्क राज्यको बफेलोमा भएको गोली काण्डमा परेर कम्तीमा १० जनाको ज्यान गएको छ ।

प्राप्त समाचारमा जनाइए अनुसार यहाँको सुपरमार्केटमा शनिबार अपराह्न गोली चलेको हो । गोली लागेर अरु केही घाइते पनि भएका छन् ।

अमेरिकी समाचार समिति एसोसिएटेड प्रेस (एपी) का अनुसार शनिबार अपरान्ह एक व्यक्ति सरासर सो सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएको थियो ।

सैनिक पोशाकमा आएको एक युवकले गोली हानेको बताइएको छ । ती व्यक्तिले सो सुपरमार्केटमा रहेका कर्मचारीहरुमाथि अन्धाधुन्ध गोली चलाएको थियो ।

बफेलोका प्रहरी विभागका प्रमुखले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाएका छन् । उनले गोली प्रहार गरी हत्या गर्ने ती व्यक्तिलाई नियन्त्रणमा लिइएको ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सो हत्याकाण्डबारे जानकारी लिएको ह्वाइट हाउसले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू