बिहीबार, वैशाख ६, २०८१
12:52 | १७:३७

रुस र युक्रेनबीच २४ घण्टा युद्धविराम

रासस-एएफपी मार्च ९, २०२२

किभ- रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् ।  

एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त  भएको छ। मस्कोले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ९ बजेसम्म युद्धविरामको सम्मान गर्ने वाचा गरेको छ। जसमा किभ वरपरका क्षेत्रहरू, दक्षिणमा जापोरिज्जिया र त्यसका केही भागहरु छन्। 

उत्तरपश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न किभमा सारिने बताइएको छ । आइतबार पैदलयात्राबाट किभ पुग्न खोजिरहेका चारजना विस्फोटमा परेका जनाइएको छ ।

मंगलबार करिब ६० बसले किभबाट ३ सय ५० किलोमिटर पूर्वमा रहेको सुमीबाट सर्वसाधारणलाई बाहिर निकाल्न सफल भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले सञ्चारमाध्यमलाई बताएको छ । 

रुसी सिमानानजिक रहेको  दुई लाख ५० हजार जनसंख्या भएको सहर सुमीबाट ५ हजार भन्दा बढी मानिसलाई विस्थापित गरिएको थियो। यस शहरलाई रुसले ठूला आक्रमण गरेको गरेको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी युएनएचसिआरले युक्रेन शरणार्थीहरूको कुल संख्या २१ लाखदेखि २२ लाखसम्म पुगेको अनुमान गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू