शुक्रबार, वैशाख १४, २०८१
05:30 | १०:१५

बेलायती विदेशमन्त्री र परराष्ट्रमन्त्रीबीच आपसी सहयोगबारे विमर्श

रासस मार्च ४, २०२२

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का र बेलायतका विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री लर्ड अहमदबीच आज टेलिफोन संवाद भएको छ ।

उनीहरूबीच भएको वार्तामा नेपाल र बेलायतबीचको आपसी सहयोगका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा खड्काले कोभिड विरुद्धको खोप सहयोगप्रति बेलायत सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।
उनीहरूबीच क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा आपसी सहयोग र जलवायू परिवर्तनलगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू