शुक्रबार, चैत १६, २०८०
10:05 | १५:५०

तमु ल्होसार महिला गोल्डकपको उपाधि धरानलाई   

रासस डिसेम्बर ३०, २०२१

झापा । तमु ल्होसार गोल्डप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि धरान महिला फुटबल क्लबले जितेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा आज भएको फाइनल खेलमा जितसँगै क्लबले नगद रु एक लाख ११ हजार १११ राशिको पुरस्कारसहित ट्रफी र मेडल पाएको छ ।

पाँचथरको श्रीसिंह सिद्धदेवी ङोलो क्लबलाई धरान महिला फुटबल क्लबले सडनडेथमा २–१ को गोलअन्तरले गोल गर्दै उपाधि उचालेको हो । उपविजेता टोली पाँचथरले नगद रु ५१ हजार १११ सहित ट्रफी र मेडल प्राप्त गरेको छ ।

खेलका प्लेयर अफ द म्याच पाँचथरकी प्रमिला राई घोषित भइन् । त्यस्तै उत्कृष्ट फर्वाड धरानकी समीक्षा मगर, मिडफिल्ड पाँचथरकी प्रमिला राई, डिफेन्स पाँचथरकी रोशनी क्षेत्री, बेस्ट गोलकिपर धरानकी सीमा आले मगर, प्रशिक्षक धरानकी भगवती राना मगर भए ।

प्रतियोगितामा छ टिमको सहभागिता थियो । गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । बिर्तामोड फुटबल क्लबले आयोजना गरेको प्रतियागिताका विजेता तथा उपविजेतालाई क्लबका अध्यक्ष डिके गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू