बिहीबार, वैशाख १३, २०८१
14:43 | १९:२८

जीआरएनसी सल्लाहकार र सदस्यहरुलाई स्वागत

नेपाली लिङ्क नोभेम्बर २४, २०२१


लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) को दशौं कार्यसमितिले नवनियुक्त सल्लाहकार तथा सदस्यहरुलाई स्वागत गरेको छ ।

गत १९ नोभेम्बर शुक्रबार रसमुर बरो काउन्सिल च्याम्बर रुममा कम्युनिटीका सल्लाहकार तथा सदस्यहरुलाई स्वागत गरिएको हो ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मान गुरुङले खादा लगाइ स्वागत गरेका थिए ।

अध्यक्ष गुरुङले सल्लाहकारहरुको साथ, सहयोग र सुझाव निरन्तर पाइरहने आशा पनि व्यक्त गरे ।

कार्यक्रममा विशेष अतिथिहरु काउन्सिल लिडर 
काउन्सिलर डेभिड क्लिफार्ड, काउन्सिलर क्रिस्टिन गुइनेस र कम्युनिटीका पूर्व अध्यक्ष काउन्सिलर जीव बेलबासेले आफ्ना भनाइ राख्दै नवनियुक्त सल्लाहकार र सदस्यहरुलाई बधाइ दिए ।

उक्त कार्यक्रममा सचिव डा विशाल गुरुङले हेल्थ एण्ड सेफ्टीबारे अवगत गराए भने स्वागत मन्तब्य उपाध्यक्ष मिया डंगोल केसीले गरेकी थिइन् ।

अन्त्यमा अध्यक्ष गुरुङले हल तथा चियापान ब्यवस्थापन गरिदिने पूर्व अध्यक्ष काउन्सिलर जीव बेलबासे तथा अतिथिहरुलाई विशेष धन्यवाद दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू