बुधबार, वैशाख २६, २०८१
10:18 | १५:०३

जि२० सम्मेलन सम्पन्न, कोभिड समस्या समाधानमा सामूहिक प्रतिबद्धता

रासस-सिन्ह्वा नोभेम्बर १, २०२१

रोम १५ कात्तिक– विश्वका आर्थिक रुपमा सम्पन्न २० ठूला देशहरु सम्मिलित समूह जि२० को सम्मेलन इटालीको रोममा आइतबार सम्पन्न भएको छ । सो सम्मेलनमा सहभागी विश्व नेताहरुले हालैका दिनमा कोभिड १९ महामारीले उत्पन्न गरेको परिस्थितिसँग मिलेर सामाना गर्नका लागि लाग्ने प्रतिबद्धता गरेका छन् ।

यस महामारीका कारण विश्वमा विविध खाले समस्याहरु उत्पन्न भएको निष्कर्ष सो सम्मेलनका क्रममा विश्वका नेताहरुले निकालेका थिए ।

उनीहरुले यस महामारीका कारण आर्थिक सामाजिकलगायतका धेरै क्षेत्रमा विभिन्न समस्याहरु उत्पन्न गरेकाले यसका विरुद्धमा सबै मिलेर लाग्नुपर्ने निष्कर्ष पनि निकालेका हुन् । कोभिडबाट उत्पन्न असहज परिस्थितको सामना गर्न, दिगो विकास कायम गर्न र अन्य चुनौतीहरुलाई मिलेर सामना गर्न विश्वका नेताहरु सहमत भएका हुन् ।

उनीहरुले कोभिड विरुद्धको खोपको समान वितरणमा पनि जोड दिएका छन् । हाल कोभिडका विरुद्धमा खोपको उपलब्धता सबैमा हुन नसकेकाले यसका विरुद्धमा पनि लाग्न उनीहरुले जोड दिएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू