शनिबार, वैशाख ८, २०८१
04:55 | ०९:४०

एनआरएनए यूकेले बाढी पीडितलाई १० लाख दिने

नेपाली लिङ्क अक्टोबर २५, २०२१

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपालमा हालै आएको बाढी पहिरो पीडित र मृतक परिवारको तत्काल राहतका लागि १० लाख रुपैयां पठाउने घोषणा गरेको छ । अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा अक्टोबर २४ मा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

अध्यक्ष गाहा मगरका अनुसार घोषित रकम निकासा भएको २४ घण्टाभित्र नेपाल पुरयाउने र ७२ घण्टाभित्र सम्बन्धित पीडितलाई बांडिने योजना छ ।

बेलायतमा दैवी प्रकोप तथा आपतकालीन नीति तर्जुमा विभागका संयोजक तथा कार्यकारी सदस्य बालकृष्ण दाहाल र कोषाध्यक्ष बिष्णु खरेलको संयोजनमा बाढीपीडितहरुका लागि राहत उद्दार कोष संकलन सुरु भएको छ ।

संघले यस अभियानमा सहयोग गर्न बेलायतवासी सबै नेपालीहरुलाई अपिल गर्दै एनआरएनए यूकेको निम्न वेलफेयर अकाउण्टमा जम्मा गर्न अनुरोध गरेको छ ।

NON-RESIDENT NEPALI

Sort Code: 60-01-08

Account number: 42421888

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू