बिहीबार, वैशाख १३, २०८१
14:02 | १८:४७

नेपालमा एकैदिन चार हजार बढी संक्रमित

रासस अगस्ट ४, २०२१

काठमाडौँ–कोरोना भाइरसको संक्रमण आज चार हजार १०७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले १६ हजार २९८ को परीक्षण गर्दा चार हजार १०७ जनामा संक्रमण भएको पुष्टि गरे ।

उनका अनुसार परीक्षण गरिएकामध्ये २६.२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणमा दुई हजार ९७५ जना र एन्टिजेन परीक्षण गर्दा चार हजार १०७ जनामा संक्रमण देखिएको छ ।

यस्तै आज एक हजार ५३५ संक्रमणमुक्त भएका छन् । यस्तै विगत २४ घण्टामा ३५ जनाको निधन भएको छ । यस्तै काठमाडौँ उपत्यकामा एक हजार २७९ संक्रमण देखिएको छ । भक्तपुरमा २०६ जना, ललितपुरमा १६५ जना र काठमाडौँमा ९०८ जना संक्रमित भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू