बिहीबार, चैत १५, २०८०
08:53 | १४:३८

एनआरएनए यूके निर्वाचनमा तीन पत्रकारलाई पर्यवेक्षकको भूमिका

नेपाली लिङ्क अगस्ट २, २०२१

लण्डन । एनआरएनए यूके राष्ट्रिय समन्वय समितिको निर्वाचन तथा राज्यसमितिहरुको निर्वाचन पर्यवेक्षणका लागि बेलायतमा कार्यरत तीन पत्रकारलाई जिम्मेवारी दिइएको छ ।

निर्वाचन समितिले सोमबार बिहान नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष ध्रुवराज अर्याल, निवर्तमान अध्यक्ष नरेश खपाङ्गीमगर र अग्रज पत्रकार भगीरथ योगीलाई पर्यवेक्षक नियुक्त गरेको हो ।

पर्यवेक्षकहरुले आज र भोलि सम्पन्न हुँदै गरेको निर्वाचनको अनुगमन गर्ने बताइएको छ ।

यसअघि एनआरएनए युरोप क्षेत्रीय समन्वय समितिले केन्द्रीय सल्लाहकार विश्वआदर्श पण्डितलाई पर्यवेक्षक तोकिसकेको छ भने एनआरएनए यूके निर्वाचन समितिले समितिको सल्लाहकार समितिका साथै अध्यक्षका प्रत्यासीको प्रतिनिधिसमेत राखिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू