बिहीबार, वैशाख १३, २०८१
13:57 | १८:४२

अष्ट्रेलियाको सिड्नीमा संकटकाल घोषणा  

रासस-एपी जुलाइ २३, २०२१

सिड्नी–अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरस महामारी बढ्दै गएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि शुक्रबार संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय राजधानी समेत पर्ने न्यू साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सबैभन्दा धेरै संक्रमण पुष्टि भएपछि संकटकाल लगाउने निर्णय गरेको हो ।

प्रदेश सरकारका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने १३६ जना नयाँ संक्रमित थपिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ । प्रदेश मुख्यमन्त्री ज्लाडिस बेरेजिक्लीयनले प्रदेश भित्रका सबैलाई खोप व्यवस्थापन गर्न आग्रह गरेका थिए ।

राजधानी सिड्नीमा एक महिना अगाडिदेखि लकडाउन जारी छ । लकडाउन हुंदाहुंदै पनि महामारी कम नभएपछि संकटकाल लगाउनु परेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू