शुक्रबार, चैत १६, २०८०
12:45 | १८:३०

महान्यायाधिवक्ता खातीद्वारा शपथ 

रासस जुलाइ १६, २०२१

काठमाडौँ–प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राणाले महान्यायाधिवक्ता खातीलाई शपथ गराएका हुन् । यसअघि महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिका उपस्थितिमा प्रधानन्यायाधीशले गराउने कानूनी व्यवस्था थियो ।

गत वैशाखदेखि प्रधानन्यायाधीशबाट हुने सबै शपथ सर्वोच्च अदालतबाट गर्न थालिएको छ । सोहीअनुसार महान्यायाधिवक्ताको शपथ सर्वोच्च अदालतमा भएको हो ।

सरकारको कानूनी सल्लाहकारका रुपमा महान्यायाधिवक्तालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था  छ । महान्यायाधिवक्तामा खातीलाई बिहीबार राष्ट्रपतिले नियुक्त गरेकी थिइन् ।   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू