शुक्रबार, चैत १६, २०८०
22:08 | ०३:५३

किन सर्‍यो एनआरएनए यूकेको निर्वाचन कार्यक्रम?

नेपाली लिङ्क जुलाइ १५, २०२१

लन्डन । एनआरएनए यूकेको पूर्व निर्धारित निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।  

निर्वाचन समितिका संयोजक महेन्द्र कंडेलले एक सूचना जारी गर्दै यसअघि प्रकाशित निर्वाचनको तालिका ‘निष्क्रिय’ बनेको जानकारी गराएका छन् ।  

मतदाताहरुको नामावलीमा परेको दावी विरोधबारेको छानबिनले पूर्णता पाइनसकेको कारण निर्वाचन कार्यक्रम पर सार्नुपरेको संयोजक कंडेलले उल्लेख गरेका छन् ।  

उनले सक्दो चाँडो निर्वाचन कार्यक्रम अगाडि बढाउने गरी संशोधित तालिका प्रकाशन गरिने जनाएका छन् ।  

पूर्व निर्धारित निर्वाचनको तालिकाअनुसार बिहीबारदेखि शुक्रबार साँझसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको थियो ।  

एनआरएनए यूके निर्वाचन यही जुलाई ३१ मा अनलाइन माध्यमबाट हुँदैछ ।  

निर्वाचन समिति संयोजक महेन्द्र कंडेलले जारी गरेको सूचना

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू