• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
शनिबार, १७ अक्टोबर, २०२६
15:37 | २०:२२

विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियमावली सकारात्मक: परिसंघ

रासस जुन ८, २०२१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’को नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।
नेपालमा विदेशी लगानी एवं विदेशी ऋण भित्र्याउन र त्यसको व्यवस्थापन गर्न सहज नीतिगत व्यवस्था गरेकामा परिसंघले बैंकलाई धन्यवाद दिएको छ । परिसंघले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्दै नेपालमा औद्योगिक उत्पादन बढाउन ‘मेक इन नेपाल स्वदेशी’अभियान अगाडि बढाइहेको छ ।
विनियम ४ मा विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट स्वीकृति प्राप्त गरेपछि सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन बैंकबाट पूर्वस्वीकृति लिन अनिवार्य हुने छैन भन्ने व्यवस्था छ । यसले विदेशी लगानीकर्तालाई लगानी भित्र्याउन छिटो र सहज हुने परिसंघको विश्वास छ ।
विनियम ५ मा विदेशी कम्पनी वा लगानीकर्ताले लेखांकनका लागि निवेदन दिएको सात कार्य दिनभित्र लेखांकन प्रमाणपत्र उपलब्ध गराउने व्यवस्थले विदेशी लगानी र ऋणको लेखांकन छिटो सम्पन्न गरी लगानीकर्तालाई समयमै निर्णय प्राप्त गर्ने जनाइएको छ ।
विदेशी लगानीकर्ताले नेपालमा आर्जन गरेको रकम फिर्ता लैजान निवेदन दिएको १५ कार्य दिनभित्र बैंकले निर्णय दिनुपर्ने व्यवस्था विनियमावलीमा गरिएको छ । यसले लगानीकर्ताले आर्जन गरेको रकम लैजान थप सहज हुने विश्वास परिसंघको छ । एकल विन्दु सेवा केन्द्रमा रहेको बैंकको एकाइमार्फत रकम लैजाने प्रक्रिया अघि बढाउन सक्ने व्यवस्थाले लगानीकर्तालाई सहज सेवाप्रदानको विश्वास प्राप्त हुने पनि परिसंघले विश्वास लिएको छ ।
बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन सहजीकरण गर्न समिति गठन गरेको छ । विनियमावलीमार्फत गठन गरिएको यस्तो समितिले विदेशी लगानीकर्ताले भोगेका समस्या समाधान गर्न सहजता प्रदान गर्ने विश्वास परिसंघको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

चाड पर्वमा उपहार आदानप्रदान नगर्न रास्वपाको निर्देशन

६ घन्टा अगाडि

प्रधानमन्त्री शाहको भारत भ्रमण मङ्सिर दोस्रो साता

१९ घन्टा अगाडि

छैटौं ‘एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स’ ऐतिहासिक नगरी जनकपुरधाममा

३ दिन अगाडि

हाम्रो सिफारिस

सेन्ट्रल लन्डनमा अडियोलोजी क्लिनिक चलाउँछन् राजन

सेप्टेम्बर १२, २०२६

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

जुन २८, २०२६

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६
ताजा अपडेट्स
  • नवरात्रको सातौँ दिन फूलपाती भित्र्याइँदै
  • चाड पर्वमा उपहार आदानप्रदान नगर्न रास्वपाको निर्देशन
  • ट्रम्पकी प्रेस सचिव एक साता नपुग्दै पदमुक्त
  • बेलायतमा कार्यरत नेपाली अकाउन्टेन्टहरुले चुने नयां नेतृत्व, अध्यक्ष बने ढुंगाना
  • नर्थविक पार्क अस्पतालमा कार्यरत नेपालीद्वारा बाढीपीडितका लागि चार लाख सहयोग
ट्रेन्डिङ
  • १
    एनडिए यूकेले बाढी पीडितलाई दोश्रो चरणमा दियो एक करोड बढी
  • २
    मन्दिरा मानन्धरको अध्यक्षतामा पासा पुचः गुथि यूके लन्डनको नयाँ कार्यसमिति चयन
  • ३
    ब्रिटिश गोर्खाका विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्रस्तावित राजदूतको प्राथमिकता
  • ४
    इरो सुसी पहिलोपटक इंग्ल्याण्डबाहिर, ग्लास्गो स्टोर उद्घाटन
  • ५
    स्कटल्याण्डका दुई संस्थाद्वारा बाढीपीडितका लागि ७ लाख रुपैयाँ बढी सहयोग

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.