• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
शनिबार, ३१ अक्टोबर, २०२६
19:58 | ०१:४३

विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियमावली सकारात्मक: परिसंघ

रासस जुन ८, २०२१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’को नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।
नेपालमा विदेशी लगानी एवं विदेशी ऋण भित्र्याउन र त्यसको व्यवस्थापन गर्न सहज नीतिगत व्यवस्था गरेकामा परिसंघले बैंकलाई धन्यवाद दिएको छ । परिसंघले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्दै नेपालमा औद्योगिक उत्पादन बढाउन ‘मेक इन नेपाल स्वदेशी’अभियान अगाडि बढाइहेको छ ।
विनियम ४ मा विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट स्वीकृति प्राप्त गरेपछि सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन बैंकबाट पूर्वस्वीकृति लिन अनिवार्य हुने छैन भन्ने व्यवस्था छ । यसले विदेशी लगानीकर्तालाई लगानी भित्र्याउन छिटो र सहज हुने परिसंघको विश्वास छ ।
विनियम ५ मा विदेशी कम्पनी वा लगानीकर्ताले लेखांकनका लागि निवेदन दिएको सात कार्य दिनभित्र लेखांकन प्रमाणपत्र उपलब्ध गराउने व्यवस्थले विदेशी लगानी र ऋणको लेखांकन छिटो सम्पन्न गरी लगानीकर्तालाई समयमै निर्णय प्राप्त गर्ने जनाइएको छ ।
विदेशी लगानीकर्ताले नेपालमा आर्जन गरेको रकम फिर्ता लैजान निवेदन दिएको १५ कार्य दिनभित्र बैंकले निर्णय दिनुपर्ने व्यवस्था विनियमावलीमा गरिएको छ । यसले लगानीकर्ताले आर्जन गरेको रकम लैजान थप सहज हुने विश्वास परिसंघको छ । एकल विन्दु सेवा केन्द्रमा रहेको बैंकको एकाइमार्फत रकम लैजाने प्रक्रिया अघि बढाउन सक्ने व्यवस्थाले लगानीकर्तालाई सहज सेवाप्रदानको विश्वास प्राप्त हुने पनि परिसंघले विश्वास लिएको छ ।
बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन सहजीकरण गर्न समिति गठन गरेको छ । विनियमावलीमार्फत गठन गरिएको यस्तो समितिले विदेशी लगानीकर्ताले भोगेका समस्या समाधान गर्न सहजता प्रदान गर्ने विश्वास परिसंघको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

एनआरएनए एनसीसी पदाधिकारीको तीनदिने रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला समापन

१० घन्टा अगाडि

दुई अर्ब बढीको क्रिप्टोकरेन्सी कारोबारमा यादव पक्राउ

२ दिन अगाडि

मन र मत जित्नेगरी जागरण अभियान चलाउँछौं : डा डिला संग्रौला

२ दिन अगाडि

हाम्रो सिफारिस

सेन्ट्रल लन्डनमा अडियोलोजी क्लिनिक चलाउँछन् राजन

सेप्टेम्बर १२, २०२६

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

जुन २८, २०२६

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६
ताजा अपडेट्स
  • बाढीपीडितका लागि कार्डिफबाट १० लाख बढी सहयोग प्रदान
  • विराटनगर किङ्सले एनपिएलमा दर्ता गरायो पहिलो जित
  • बेलायतका प्राध्यापक सुवेदीको नाममा स्थापित पुरस्कार ‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ लाई
  • एनआरएनए एनसीसी पदाधिकारीको तीनदिने रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला समापन
  • रास्वपा नेता मनिष झा लन्डनमा
ट्रेन्डिङ
  • १
    असोजमा पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् भारततर्फ निर्यात
  • २
    बेलायत भ्रमणमा रास्वपा नेता झाको व्यस्त तालिका
  • ३
    नेपाली कम्युनिटी ननिटनबाट बाढीपीडितलाई २६ लाख रुपैयाँ सहयोग
  • ४
    लन्डनमा क्यान्सर सचेतना कार्यक्रम, रोग जितेका महिलाले सुनाए प्रेरणादायी कथा
  • ५
    नयाँ कार्यसमिति चयनलगत्तै बिहुँकोट हेल्प नेटवर्क यूकेद्वारा बाढीपीडितलाई सहयोग

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.