• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
आइतबार, २५ जनवरी, २०२६
01:35 | ०७:२०

चीनमा म्याराथन दौडमा सहभागी १६ को मृत्यु   

रासस-सिन्ह्वा मे २३, २०२१

उद्धारमा जांदै उद्धारकर्ताहरु । तस्बिर एपी

गान्सु, ९ जेठ– चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन ।
चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो । प्रतियोगिता भइरहेको बेला एक्कासी मौसम खराब भएपछि कठांग्रिएर प्रतियोगीहरुको मृत्यु भएको जनाइएको छ ।
पर्यटकीय क्षेत्रको रुपमा चर्चित बैयीन सहरको जङताइ भन्ने ठाउँमा स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे यो घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
मौसम अचानक गडबड भएर प्रतियोगीहरुलाई असर गरेपछि तत्कालै घटनास्थलमा उद्धारकर्ताहरु परिचालन गरिएको थियो । उनीहरुले नै मृतक र घाइतेहरुलाई उद्धार गरेका थिए । घटनामा परी केही प्रतियोगिहरु घाइते भएका र उनीहरुको उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रतियोगितामा १७२ जना प्रतियोगी सहभागी भएका थिए । उनीहरुमध्ये अधिकांशको अवस्था सामान्य नै रहेको जनाइएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

यस्ता छन् क्यानका राष्ट्रिय-अन्तरराष्ट्रिय वार्षिक खेल तालिका

जनवरी ४, २०२६

नेपाल-बेलायत सम्बन्ध सुदृढ पार्न युवा केन्द्रित क्रिकेट विकासमा छलफल

डिसेम्बर ३०, २०२५

राष्ट्रिय खेलकुद परिषद् बोर्डमा पाँच सदस्य नियुक्त

डिसेम्बर २६, २०२५

हाम्रो सिफारिस

बेलायत आप्रवासीप्रति थप कठोर, वर्क परमिट लिन २२ जुलाईबाट झन् कडाइ

जुलाइ ७, २०२५

लन्डनमा स्वर्णिम: ठूला दलले समाप्त पार्न खोज्दा रास्वपा झन् बलियो बन्दैछ (भिडियो)

अप्रिल २८, २०२५

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)

मार्च १५, २०२५
ताजा अपडेट्स
  • उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
  • एनआरएन नागरिकता कार्यान्वयन माग गर्दै आचार्यले लन्डनबाट पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
  • युक्रेन-रूस-अमेरिका त्रिदेशीय शान्ति वार्ता अबुधाबीमा
  • सुदूरपश्चिम प्रदेश र उपल्लो मुस्ताङमा भारी हिमपात
  • भूतपूर्व गोर्खाहरुले टुंग्याए बेलायत सरकारसमक्ष राखिने एजेण्डा
ट्रेन्डिङ
  • १
    भूतपूर्व गोर्खाहरुले टुंग्याए बेलायत सरकारसमक्ष राखिने एजेण्डा
  • २
    बेलायतमा विद्यार्थीलाई ‘अवसर र चुनौति’ बारे अन्तरक्रिया
  • ३
    भाइलाई चिट्ठी: वर्तमान समयसँग युद्ध
  • ४
    बेलायतमा अनेसासको ३५औँ स्थापना तथा स्रष्टा स्मृति दिवस मनाइयो
  • ५
    ग्रीनवीच भलिबल क्लबमा नयाँ नेतृत्व, अध्यक्ष बने उमेश चन्द ठकुरी

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.