मंगलबार, चैत ६, २०८०
11:58 | १७:४३

इन्डियन भेरिएन्टबाट बेलायतमा दैनिक एक हजारको मृत्यु हुन सक्ने  

नेपाली लिङ्क मे १५, २०२१

लन्डन । ‘इन्डियन कोभिड भेरिएन्ट’ का कारण बेलायतमा दैनिक १० हजारसम्म अस्पताल भर्ना हुने र दैनिक एक हजारको मृत्यु हुनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन्।

बेलायतमा हिजो शुक्रबार इन्डियन कोभिड भेरिएन्टबाट चार जनाको मृत्यु भएको तथ्य सार्वजनिक भएसंगै  सरकारी वैज्ञानिकहरुले सोहि राति नै सो कुरा बताएका हुन् ।

इन्डियन कोभिड भेरिएन्ट ‘केन्ट स्ट्रेन’ भन्दा पनि ५० प्रतिशत बढी संक्रामक हुने उनीहरुले बताएका छन् । साथै यो महामारी शुरु भएयताकै बढी खतरनाक हुने पनि बताइएको छ ।

चिफ मेडिकल अफिसर क्रिस वीटीले भनेका छन्, ‘यो निकै भयावह र संक्रामक हुने सम्भावना छ, यदि यस्तो प्रमाणित भएमा बेलायतमा कोरोना संक्रमणमा उल्लेखनीय वृद्धि देख्न सकिनेछ ।’

आगामी जुन २१ मा पूर्ण रुपमा खुल्ला गर्न लागिएको जारी लकडाउन कायमै राख्ने हो भने दैनिक बीस हजारसम्म अस्पताल भर्ना हुनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

वारवीक युनिभर्सिटीको मोडेल्लिंग टीमले भने इन्डियन कोभिड भेरिएन्ट ४० प्रतिशत संक्रामक र दैनिक ६ हजार अस्पताल भर्ना हुनसक्ने बताएको छ, जुन दोस्रो वेभ भन्दा कम हो ।

यसैगरि ‘लन्डन स्कुल अफ हाइजेनिक एण्ड  ट्रपिकल मेडिसिन’ ले पनि इन्डियन कोभिड भेरिएन्ट ५० प्रतिशत बढी संक्रामक हुनसक्ने उल्लेख गरेको छ । समरसम्ममा दैनिक एक हजारको मृत्यु हुनसक्ने अनुमान छ ।

बेलायती प्रधानमन्त्रीले पनि ‘इन्डियन कोभिड भेरिएन्ट’ निकै खतरनाक र तीव्र गतिमा फैलिने भएकोले आगामी जुन २१ बाट पूर्ण रुपमा खोल्न लागिएको लकडाउनलाई असर पर्न सक्ने संकेत दिएका छन् ।

खोपका कारण  इन्डियन भेरिएन्टबाट सुरक्षित हुने कुनै प्रमाण नदेखिएकाले यो निकै जटिल समस्या हुने बताइएको छ  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू