मंगलबार, वैशाख ११, २०८१
14:15 | १९:००

बेलायतमा ओरालो लाग्दै कोरोना: अस्पताल भर्ना हुनेहरु घट्दै

४ हजार ५२ नयां संक्रमित

नेपाली लिङ्क मार्च ३१, २०२१

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै यहां संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ७१३ पुगेको छ ।

यसैगरी गएको २४ घन्टामा ४ हजार ५२ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

नयांसंगै बेलायतमा संक्रमित हुनेको संख्या ४३ लाख ४५  हजार ७८८ पुगेको छ ।

बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्या पनि घट्दै गएको छ । बुधबारको तथ्याँक अनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ५६८ छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा २६८ संक्रमित अस्पताल भर्ना भएका थिए । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या चार हजार १७६ छ ।

करोड ५० लाख बढी खोप वितरण

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ५० लाख १४ हजार ७४ डोज वितरण भएको छ । तीन करोड ९ लाख ५ हजार ५३८ ले खोपको पहिलो र ४१ लाख ८ हजार ५३६ जनाले दोस्रो डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू