शुक्रबार, चैत १६, २०८०
07:55 | १३:४०

स्वास्थ्य चेतना बढाउन अग्रसर बन्दै नर्दन आयरल्याण्ड नेपाली कम्युनिटी

नेपाली लिङ्क मार्च २५, २०२१

लन्डन । नर्दन आयरल्याण्डमा बसोबास गर्ने नेपालीहरुको संस्था नेपाली कम्युनीटी नर्दन आयरल्याण्डले स्वास्थ्य चेतना बढाउने उद्धेश्यले विभिन्न कार्यक्रम गर्ने भएको छ ।

स्थानीय नेपालीहरुमा स्वास्थ्यसम्बन्धि चेतना र जागरुकता ल्याउने उद्धेश्यले चेतनामुलक कार्यक्रमहरु अघि बढाइएको कम्युनिटीले बताएको छ ।

कोरोना महामारीले हरेक मानिसको शारीरिक तथा मानसिक तन्दुरुस्तीको महत्व झनै बढाएकोले स्वास्थ्य चेतना कार्यक्रमहरुको अवधारणा बनाइएको कम्युनिटीका अध्यक्ष बलबहादुर थापाले बताए । जसका लागि कम्युनिटी हेल्थवाक, करेसाबारी व्यवस्थापन लगायतका कार्यक्रम अगाडि सारिएको उनले जानकारी दिए ।

कम्युनिटीका सचिव पुर्णश्वर कंडेलका अनुसार सथानीय नेपालीहरुलाई हेल्थ वाकमा प्रोत्साहन गर्न प्रति परिवार कम्युनिटीको लोगो अंकित एक टिसर्ट वितरण गरिएको छ ।

हरेक परिवारलाई एक जोर जुत्ता समेत वितरण गर्ने कार्यक्रम छ । यसैगरी, बागबगैचा तथा करेसाबारी व्यवस्थापनलाई प्रोत्साहन गर्न प्रतिपरिवार दुई बोरा कम्पोष्ट मल समेत बाँडिएको छ ।

नेश्नल लट्री फण्डको सहयोगमा सञ्चालित स्वास्थ्य कार्यक्रमअन्तर्गत बालबालिकाहरुलाई शैक्षिक सामग्री समेत उपलब्ध गराइने अध्यक्ष थापाले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू