शनिबार, वैशाख ८, २०८१
10:36 | १५:२१

काबुल बम विस्फोटमा तीनको मृत्यु, कैयौँ घाइते   

रासस-सिन्ह्वा मार्च १५, २०२१

फाइल फोटो

काबुल । अफगानिस्तानको राजधानी काबुल शहरका दुई फरक स्थानमा आइतबार भएका बम विस्फोटमा परी तीन जना सर्वसाधारण नागरिकको ज्यान गएको बताइएको छ ।

अफगान प्रहरीका अनुसार ती दुवै स्थानमा यहाँका तालिबानहरुले विस्फोटक पदार्थ विस्फोट गराएर तीन जना सर्वसाधारणको ज्यान लिएका काबुल प्रहरीका प्रवक्ता फेडरस फरामर्जाले पुष्टि गरेका छन् ।

उनका अनुसार सो विस्फोटमा परी अरु पनि कैयौँ सर्वसाधारण घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार जारी छ । उनले केही घाइतेहरुको अवस्था निकै नाजुक रहेको पनि बताए । जसका कारण मृत्यु हुनेको संख्या बढ्न पनि सक्नेछ ।

यस घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन् । तर प्रहरीले भने यो आक्रमण तालिबानीहरुले नै गरेका बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू