मंगलबार, चैत ६, २०८०
03:42 | ०९:२७

बेलायतमा थपिए करिब दश हजार संक्रमित

थप ४४२ को मृत्यु

नेपाली लिङ्क फ्रेब्रवरी २४, २०२१

लन्डन । कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा करिब १० हजार नयां संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले दिएको पछिल्लो जानकारी अनुसार बुधबार थप ९ हजार ९३८ जना नयां संक्रमित थपिएका हुन् ।

थपिएका नयां संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ४४ हजार ५७७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा ४४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कुल मृतक संख्या एक लाख २१ हजार ७४७ पुगेको स्वास्थ्य विभागको तथ्याँकमा उल्लेख छ ।

हाल बेलायतमा उपचार गरिरहेका कोरोना संक्रमितको संख्या १६ हजार ८०३ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि दुई हजार २७३ पुगेको छ ।

एक करोड ८२ लाख बढीले लगाए खोप

बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ८२ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म एक करोड ८२ लाख ४२ हजार ८७३ जनाले खोपको पहिलो डोज लिएका छन् ।

यसैगरी छ लाख ६९ हजार १०५ जनाले खोपको दोस्रो डोज समेत लिइसकेका छन् । हाल बेलायतमा ६५ देखि ६९ वर्षकालाई खोप वितरण भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू