मंगलबार, चैत ६, २०८०
02:23 | ०८:०८

ग्लोस्टरमा रोजिनाले खोलिन् ‘क्यास एण्ड क्यारी’, नेपालीको पहिलो

नेपाली लिङ्क फ्रेब्रवरी २४, २०२१

 

लन्डन । बेलायतको ग्लोस्टरमा नेपालीको पहिलो क्यास एण्ड क्यारी (ग्रोसरी) खुलेको छ ।

एनआरएनए यूके उपाध्यक्ष तथा संघसंस्था समन्वय विभागकी संयोजक 
रोजिनाप्रधान राईले ‘गोर्खा सनराइज क्यास एण्ड क्यारी’ सञ्चालन गरेकी हुन् ।

उक्त स्टोरमा विभिन्न खाद्यान्न सामग्री, मासु, सागसब्जी, अल्कोहल र नेपाली उत्पादनहरु समावेश रहेको निर्देशक राईले जनाइन् ।

कोभिड महामारीपछि जारी लकडाउनमा खाद्यान्नको बढ्दो माग र फूर्सदिलो समय सदुपयोगका लागि नयां व्यवसाय शुरु रोजिनाले बताइन् । ‘पहिलो लकडाउनमा व्यवसाय खोल्ने सोच नोभेम्बरमा सफल भयो’, रोजिनाले भनिन्, ‘हाम्रो नयां व्यवसायले रोजगारी, नेपाली उत्पादन प्रवर्धन र स्थानीय समुदाय समेत लाभान्वित हुने आशा छ ।’

रोजिनालाई व्यवसाय सञ्चालन गर्न श्रीमान हिराधन राईले पनि प्रेरित गरेका थिए ।

बेलायतका विभिन्न सामाजिक गतिविधि र च्यारिटीमा संलग्न राईले रेडिङमा ‘द ऐला रेष्टुरेन्ट एण्ड बार’ पनि शुरु गरेकी छन् । स्मार्ट ९१ रिक्रुटमेन्ट सर्भिस, ट्रेडिङ र नेपालमा हाइड्रो पावर व्यवसायमा पनि राई दम्पत्ति आवद्ध छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू