बिहीबार, चैत १५, २०८०
14:38 | २०:२३

स्वीण्डनमा नेपाली समाजको सेक्युरिटी तालिमबाट युवादेखि वयस्कले लिए लाभ

नेपाली लिङ्क फ्रेब्रवरी २१, २०२१

लन्डन । कोभिड महामारीबीच पनि विल्शायर नेपाली समाज स्वीण्डनले आफ्ना गातिविधिहरुलाई निरन्तर चालु राखेको छ । यही साता समाजका सदस्यहरुमा लक्षित सेक्युरिटी तालिम संचालन गरिएको छ ।

गत सोमबार शुरु भएको ‘एसआईए ट्रेनिङ कोर्स’ शुक्रबार सम्पन्न भएको समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङले जानकारी दिए । स्थानीय बर्कहर्स्ट कम्युनिटी सेन्टरमा संचालित तालिम ‘ओजास्ट सेक्युरिटी  ट्रेनिङ कम्पनी’ का प्रशिक्षकहरुले गराएका थिए ।  

अध्यक्ष गुरुङका अनुसार सेक्युरिटी तालिममा स्थानीय नेपाली समुदायका १५ जनाको सहभागिता थियो । तालिमबाट लाभ लिनेमा युवादेखि वयस्कसम्म रहेको उनले बताए ।  

विल्शायर नेपाली समाज स्वीण्डनले समुदायका सदस्यहरुलाई रोजगारीतर्फ उत्साहित गर्न सेक्युरिटी तालिम संयोजन गरेको हो ।  तालिमका लागि हल व्यवस्थापन समाजले नै गरेको हो भने ट्रेनिङ कम्पनीसँगको सहकार्यमा विशेष सहुलियतसहितको शुल्क मिलाइएको थियो । 

समाजले केही महिनाअघि गरेको पहिलो सेक्युरिटी तालिमप्रति समुदायको आकर्षण देखिएपछि अहिले दोस्रोपटक सेक्युरिटी तालिम गराइएको हो ।  

तालिमको पहिलो दिन समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङले ऊद्घाटन गरेका थिए । तालिम संयोजन समाजका सहसचिव विष्णुकुमार गुरुङले गरेका हुन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू