शुक्रबार, चैत १६, २०८०
14:34 | २०:१९

अफगान सेनाको कारबाहीमा १५ लडाकू मारिए

रासस-सिन्ह्वा फ्रेब्रवरी १२, २०२१

फाइल तस्विर

अफगानिस्तान । अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् ।

अफगान हवाईबलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते भएका जनाइएको छ ।

सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा तालिबान लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको उल्लेख छ ।

सेनाले कारबाही मुख्यतः कान्दाहार प्रान्तको आर्घादाब जिल्लामा केन्द्रित भएको जनाएको छ । तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू