शुक्रबार, चैत १६, २०८०
01:57 | ०७:४२

कुमुदको निर्देशनमा हिन्दी मूभी ‘चोले’ को गीतमा म्यूजिक भिडियो

नेपाली लिङ्क फ्रेब्रवरी ४, २०२१


लन्डन । बेलायत बस्ने कलाकार तथा समाजसेवी कुमुद पन्तले हिन्दी मूभी ‘चोले’ को गीतमा एउटा म्यूजिक भिडियो बनाएका छन् । पन्तले ‘चोले’ को दोश्रो गीत ‘ओ मेरी महेबुबा’ मा भिडियो निर्माण गरेका हुन् । कुमुद इन्टरटेनमेन्टको आफ्नै यूट्युव च्यानलबाट भिडियो रिलिज भएको छ ।

कुमुद इन्टरटेनमेन्टको प्रस्तुति उक्त भिडियो कुमुद पन्तले निर्देशन गरेका छन् भने अतुल शर्माको निर्माण तथा रेश्मी शर्माको लेखन छ । भिडियो सानो बजेटमा बनाइएको हो । प्रेम बानियाको शब्द, संगीत चिन्टु सार्थक कल्ला र गायन अन्जली प्रेमेन्द्र परासर, दीपक रंकावत र चिन्टु सार्थक कल्लाको छ । सम्पादन, रंग र पोस्टर डिजाइन बिष्णु खड्काले गरेका छन् ।

उक्त हिन्दी भिडियोका मुख्य कलाकारहरुमा कुमुद पन्त, पूजा किमाया, अतुल शर्मा, अलिसा शर्मा, कमल प्रभाकर, डिम्पल कुमार, ब्रिज मोहन ठथाल, पुष्पा पन्त, किशोर भाट, अभिनाश शर्मा, राज अवस्थी, अकीला दौड, अमृता शर्मा, अनुपम शर्मा, भरत मिस्त्री, कुलदीप भमराह, जया कुमार, जस बारिह र निशा पटेल रहेका छन् ।

म्यूजिक भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू