शुक्रबार, वैशाख १४, २०८१
14:48 | १९:३३

नेपालमा कोरोना संक्रमितको संख्या घट्दै

२४ घण्टामा थपिए २१३ संक्रमित

रासस जनवरी २८, २०२१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ७९१ जनाको पिसिआर परीक्षण गर्दा थप २१३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१३ सहित हालसम्म संक्रमित हुनेको कूल संख्या दुई लाख ७० हजार ५८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा निको भएका २९६ जनासहित कोरोनाबाट निको हुनेको कूल संख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ ।

नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छैन ।

हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार २० पुगेको छ । मन्त्रालयका अनुसार हाल ११३ क्वारेन्टिनमा र २०३ जना आइसोलेशनमा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू