शनिबार, वैशाख ८, २०८१
20:55 | ०१:४०

भारतमा संक्रमित एक करोड सात लाख बढी

रासस-सिन्ह्वा जनवरी २८, २०२१


नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी पुगेको छ । 

विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ६६६ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड सात लाख ११ हजार १९३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना संक्रमणको कारण १२३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५३ हजार ८४७ जना पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख ७३ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त  भएको देखिएको छ । हाल भारतमा एक लाख ७३ हजार ७४० सक्रिय संक्रमित रहेका छन् । 

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ९६ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र ९ जनाको मृत्यु भएको छ । 

भारतमा कोभिड १९ शुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार  ८२९ को मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १९ करोड ४३ लाख ३८ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ ।  बुधबार एकै दिनमा मात्र सात लाख २५ हजार ६५३ जनाको कोभिड१९ परीक्षण गरेको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू