शनिबार, वैशाख ८, २०८१
21:21 | ०२:०६

यूकेमा क्यान्सरले ज्यान गुमाएकी चन्द्रमायाको सम्झनामा क्यान्सरपीडितलाई सहयोग

नेपाली लिङ्क जनवरी २५, २०२१


लन्डन । क्यान्सरका कारण डेढ महिनाअघि बेलायतमा ज्यान गुमाएकी चन्द्रमाया गुरुङको स्मृतिमा नेपालमा क्यान्सरपीडितहरुलाई सहयोग गरिएको छ । स्वर्गीय गुरुङको ४५ औं दिनको पुण्यतिथिमा नेपालमा आर्थिक सहयोग गरिएको हो ।

स्वर्गीय चन्द्रमायाका श्रीमान एवम् तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङका अनुसार काठमाडौंस्थित मुस्कान सेवा केन्द्र अनाथ आश्रमलाई नगद १ लाख प्रदान गरिएको छ ।

त्यसैगरी, कास्की मादी १ सिक्लेस निवासी क्यान्सर पीडितहरु बखतबहादुर गुरुङलाई ५० हजार, लमजुङ कर्पुटारका पूर्ण सिंह गुरुङलाई ५० हजार, धादिङका धनबहादुर घलेलाई ५० हजार नगद सहयोग प्रदान गरियो । त्यस्तै बौद्ध अघौं सदन पोखरा शिक्षालयको अक्षयकोषका लागि नगद १८ हजार ७ सय प्रदान गरिएको छ ।

पोखरा रामघाटस्थित बौद्ध अघौं सदनमा सोमबार एक कार्यक्रमबीच सहयोग हस्तान्तरण गरिएको थियो । सहयोग रकम तमुधिं यूके आमा समूह र स्वर्गीय चन्द्रमायाका श्रीमान एवम् तमुधिं यूके संस्थापक अध्यक्ष गुरुङका तर्फबाट उपलब्ध गराइएको थियो ।

तमुधिं यूकेकी सल्लाहकार समेत रहेकी स्वर्गीय चन्द्रमायाको स्मृतिमा तमुधिं यूके आमा समूहले २ जना क्यान्सर पीडितलाई नगद ५०–५० हजार, अनाथ आश्रमका लागि एक लाख र बौद्ध अर्घाैं सदनको शिक्षलायका लागि १८ हजार ७ सय गरी कुल २ लाख १८ हजार ७ सय प्रदान गरेको छ। तमुधिं यूके आमा समूहकी अध्यक्ष मञ्जु गुरुङको पहलमा दिदीबहिनीहरुबाट सहयोग संकलन गरिएको हो ।

त्यस्तै, एकजना क्यान्सर पीडितलाई भने स्वर्गीय चन्द्रमायाका श्रीमान मीनप्रसादले ५० हजार प्रदान गरेका हुन् ।

क्यान्सरबाट पीडित चन्द्रमायाको  गत डिसेम्बर पहिलो साता ५० वर्षको अल्पायुमा बेलायतमै निधन भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू