बिहीबार, चैत १५, २०८०
11:14 | १६:५९

लन्डनमा कोरोनाबाट ३२ वर्षीया नेपाली युवतीको निधन

नेपाली लिङ्क जनवरी ११, २०२१

लन्डन । कोरोना संक्रमणका कारण बेलायतमा एक नेपाली युवतीले अल्पायुमै ज्यान गुमाएकी छन् । लन्डनमा बस्दै आएकी ३२ वर्षीया युवतीको आइतबार निधन भएको हो ।  

मृतकको परिवार निकट स्रोतले कोरोना संक्रमित ती युवतीको उपचारकै क्रममा निधन भएको जनाएको छ ।  

कोरोना संक्रमणपछि नेपाली युवतीको अल्पायुमै निधन भएकोमा बेलायतको नेपाली समुदाय शोकमग्न बनेको छ । उनको निधनमा शोक जनाउँदै सामाजिक सन्जालमा श्रद्धान्जली व्यक्त गरिएको छ ।  

अहिलेसम्म सार्वजनिक भएअनुसार बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या ७५ कटेको छ । तर उनीहरुमध्ये ५० वर्षभन्दा कम उमेरमै मृत्‍यु हुनेहरु कम छन्  यसअघि ननिटन बस्दै आएकी अर्की युवतीको पनि ३२ वर्षकै उमेरमा निधन भएको हो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू