शनिबार, वैशाख ८, २०८१
22:10 | ०२:५५

इंग्ल्याण्ड फेरि लकडाउनमा: के-के खुला र के बन्द ?

नेपाली लिङ्क जनवरी ५, २०२१

लण्डन । मंगलबारदेखि इंग्ल्याण्डमा तेस्रो चरणको देश्व्यापी लकडाउन लागू भएको छ । यसअघि मार्च २३ देखि तीन महिना र नोभेम्बर ५ देखि ४ हप्ता लकडाउन व्यहोरिसकेका इंग्ल्याण्डवासी फेरि अर्को लकडाउन भोग्न बाध्य बनेका छन्   

प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार राती घोषणा गरेको देशव्यापी लकडाउन कति लामो रहने स्पष्ट नगरिए पनि कमसेकम मध्य फेब्रुअरीसम्म कायम रहने अनुमान गरिएको छ ।  

इंग्ल्याण्डमा तेस्रो लकडाउन शुरु भएकै दिन स्कटल्यान्डमा पनि नयाँ लकडाउन लागू भएको छ भने वेल्स र नर्दन आयरल्यान्ड पनि अहिले लकडाउनमै छन् ।  

इंग्ल्याण्डमा लकडाउन घोषणासंगै ‘किवर्कर’ र कन्सट्रक्सनमा काम गर्ने कामदारबाहेक अरुलाई घरैबाट काम गर्न आव्हान गरिएको छ । सर्वसाधारणलाई काममा जाँदाबाहेक खाद्यान्न र औषधि किनमेल, दिनको एकपटक घर नजिक शारिरीक अभ्यास, जोखिममा रहेका मानिसको रेखदेख, औषधोपचार वा कोभिड परीक्षण जस्ता अत्यावश्यक कामका लागि मात्रै घरबाहिर निस्किन छुट  छ । 

लकडाउनका बेला देशभर नै अत्यावश्यकबाहेकका सबै पसल बन्द रहने भएका छन् । रेष्टुरेन्ट, क्याफेहरु टेकवे र डेलिभरीमा मात्रै सिमित रहनेछन् । अत्यावश्यकीय सामग्री बाहेकका सबै रिटेल, हेयर ड्रेसर, ब्युटी पार्लर, जीमखाना आदि बन्द भएका छन् । स्कुल, कलेज पनि बन्द रहनेछन् ।  

सरकारको निर्देशिकाअनुसार लकडाउनका बेला बन्द रहने र खुला रहने ठाउँहरुको पूर्ण सूची यसप्रकार छ ।  

लकडाउनना बन्द रहने: 

कपडा पसल

होमवेयर स्टोरहरू

सवारी शोरूमहरू (भाडाका लागि बाहेक)

बेटिङ शपहरु 

टेलरहरू

सुर्तीजन्य पदार्थ र भेप पसल

इलेक्ट्रोनिक सामानहरू र मोबाइल फोन पसलहरू

अक्सन हाउसहरु (पशुपालन वा कृषि उपकरणहरूको लिलामी बाहेक)

अत्यावश्यक बाहेकका सामग्री बेच्ने बजारका स्टलहरू

लकडाउनना खुला रहने: 

सुपरमार्केट

औषधि पसल

गार्डेन सेन्टरहरु 

निर्माण व्यवसाय र निर्माण उत्पादनका सप्लायरहरू

अफ लाइसेन्सहरू

अत्यावश्यकीय खुद्रा सामग्री बिक्री गर्ने बजार स्टलहरू

मर्मत सेवाहरु 

पेट्रोल स्टेशनहरु

स्वचालित (म्यानुअलबाहेक) कार धुने ठाउँ

सवारी मर्मत र एमओटी सेवाहरू

साइकल पसल

ट्याक्सी र गाडी भाडा व्यवसाय

बैंक र बिल्डिङ सोसाइटीहरू

हुलाक कार्यालयहरू

फ्यूनेरल (अन्तिम संस्कार) डाइरेक्टरहरु 

लन्ड्री र ड्राइ क्लिनरहरु 

मेडिकल र डेन्टल सेवाहरु

भेटेनरी पसल

पशु उद्धार केन्द्रहरू

कृषि र आपूर्ति पसल

मोबिलिटी र अशक्तता समर्थन केन्द्रहरु 

भण्डारण र वितरण सेवा 

कार पार्कहरू

सार्वजनिक शौचालय

मोटरवे सर्भिस एरिया 

आउटडोर खेल मैदानहरू

गल्फ कोर्स

पूजा गर्ने ठाउँहरू – केवल व्यक्तिगत प्रार्थनाको लागि वा परिवार एवम् सपोर्ट समूह मात्रैको लागि 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू