बुधबार, वैशाख १२, २०८१
23:09 | ०३:५४

फेरि अर्को विश्व किर्तिमान बनाउंदै निर्मल पुर्जा

जाडो याममा 'के टु' चढ्ने पहिलो आरोही बन्ने प्रयास

नेपाली लिङ्क जनवरी ४, २०२१

लण्डन । विश्व कीर्तिमानी युवा नेपाली पर्वतारोही निर्मल पुर्जा यतिबेला फेरि अर्को कीर्तिमान बनाउने तयारीमा जुटेका छन् ।

संसारकै दोस्रो अग्लो हिमाल ‘के-टु’ लाई जाडो याम (विन्टर सिजन) मा चढ्ने पहिलो व्यक्तिको रुपमा नयाँ रेकर्ड बनाउने प्रयासमा उनी छन् ।

बेलायती पत्रिका डेली मेलका अनुसार पाकिस्तान र चीनको बोर्डरमा अवस्थित ८ हजार ६ सय ११ मिटर अग्लो ‘के-टु’ हिमालको शिखरमा यही साता पुग्ने निर्मलको योजना छ ।

माइनस ८० डिग्रीको तापक्रम र १०० माइल प्रतिघण्टाको वायुको गतिजस्ता प्रतिकुल अवस्थामा समेत उनी किर्तिमान रच्ने प्रयासमा जुट्दैछन् ।

सगरमाथापछिको विश्वकै अग्लो ‘के-टु’ आरोहणका लागि निकै अफ्ठेरो मानिने हिमाल हो । यो हिमालमा अहिलेसम्म जम्मा ३ सय ६७ सफल आरोहण भएका छन् । तर ‘विन्टर सिजन’ मा कसैले पनि आरोहण गर्न सकेका छैनन् ।

‘के-टु’ हिमाल आरोहणको प्रयासमा हालसम्म ८६ जनाले ज्यान समेत गुमाइसकेका छन् ।

निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहण गरेर विश्व किर्तिमान बनाएका थिए ।

पूर्व गोर्खा सैनिक समेत रहेका म्याग्दीका निर्मल बेलायती महारानीबाट प्रतिष्ठित ‘एमबीई’ पदकले पनि सम्मानित भइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू