बिहीबार, वैशाख १३, २०८१
04:50 | ०९:३५

लाहुरे स्रष्टा सेमन्तको सिर्जनामा नयाँ साकेला गीत ‘उभौली’ (भिडियो)

लण्डन । बेलायतमा बस्दै आएका लाहुरे स्रष्टा सेमन्त राईको रचनामा नयाँ साकेला गीत ‘उभौली’ सार्वजनिक भएको छ ।

किराती रीतिरिवाज र संस्कृतिको जगेर्ना गर्ने लक्ष्यसहित सिर्जना गरिएको गीतको म्यूजिक भिडियो युट्युबमा रिलिज गरिएको छ ।

यो गीतमा अहिलेकी चर्चित गायिका मेलिना राई र गायक सुनिल राईले आवाज दिएका छन् । संगीत पनि गायक राईकै छ ।

राई जातिको संस्कृति संरक्षण र सम्वर्द्धन गर्दै नयाँ र पुरानो पुस्ताबीचको साँस्कृतिक पुस्तान्तरणमा टेवा पुगोस् भन्ने उद्धेश्यले गीत सिर्जना गरिएको रचनाकार सेमन्त राई बताउँछन् । विगत २८ वर्षदेखि बेलायती सेनामा कार्यरत राई परदेशी भूमिमा रहेपनि आफ्नो देश, भाषा र संस्कृतिको जगेर्नाका खातिर निरन्तर सक्रिय रहँदै आएका छन् ।

छायांकार तथा निर्देशक ज्ञानु राईको निर्देशनमा निर्मित म्यूजिक भिडियोमा लोकप्रिय कलाकार फुलेन्देकी आमा (उमेश राई) को पनि अभिनय छ । भिडियोमा मुख्य पात्रको भूमिका प्रोजेन राई र उषा तामाङले निर्वाह गरेका छन् ।

रचनकार सेमन्त राईकै अफिसियल युट्युब च्यानल SEMANTA RAI OFFICIAL बाट म्यूजिक सार्वजनिक गरिएको हो ।

गीतको म्यूजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू