बिहीबार, वैशाख १३, २०८१
17:37 | २२:२२

ओली समूहबाट केन्द्रीय कमिटी विस्तारः मंसिर २ गते पार्टी महाधिवेशन गर्ने निर्णय

प्रवक्तामा श्रेष्ठलाई हटाएर ज्ञवाली

रासस डिसेम्बर २२, २०२०


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको बैठकले मौजुदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय कमिटी विस्तार गरेको छ ।

बैठकमा पार्टीका प्रथम अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी मनोनयनको प्रस्ताव गर्दा बैठकले सर्वसम्मरुपमा पारित गरेको थियो ।

नेकपाको मौजुदा केन्द्रीय कमिटीमा ४४७ रहेकामा ५५६ थप गर्ने प्रस्ताव पारित भएको र १९६ जना रिक्त राखिएको नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

मनोनीत सदस्यलाई अध्यक्ष ओलीले शपथसमेत गराएका थिए । बैठकले पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर सो  जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीलाई दिएको छ ।

बैठकले आउंदो वर्ष मंसिर २ गते पार्टी महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू