शुक्रबार, वैशाख १४, २०८१
03:56 | ०८:४१

लण्डनमा कोरोनाविरुद्ध भारतीय नक्कली औषधि

कोरोनिलले कोभिड १९ को उपचार गर्छ भन्ने आफ्नो दावी फिर्ता

नेपाली लिङ्क डिसेम्बर २०, २०२०

फोटो बीबीसी

लन्डन । लन्डनमा कोरोना संक्रमणलाई फाइदा पुग्ने भन्दै केहि भारतीय जडिबुटीका उत्पादनहरु बिक्रि वितरण भैरहेको पाइएको छ । बीबीसीले गरेको एक अनुसन्धानबाट उक्त कुरा पत्ता लागेको हो ।

‘इम्युनिटी बुस्टर’ को काम गर्ने भन्दै भारतमा निर्मित आयुर्वेदिक औषधी ‘कोरोनिल ट्याब्लेट’ एशियन पसलमा विक्री गरिएको बीबीसीले बताएको छ । पतंजली आयुर्वेदका निर्माताले यस औषधिको सेवनले श्वासप्रश्वासको संक्रमणबाट रक्षा गर्ने दावी गरेका छन् ।

तर, बीबीसीले गरेको परीक्षणबाट उक्त कोरोनिल ट्याबलेटले कोरोना भाइरसलाई कुनै फरक नपर्ने देखिएको छ । बीबीसीका लागि बर्मिंगहम युनिभर्सिटीले गरेको अनुसन्धानले देखाएको छ कि, बनस्पतिद्वारा निर्मित ति ट्याब्लेटले कोरोना संक्रमणलाई कुनै पनि फाइदा पुग्दैन ।

फोटो बीबीसी

भाइरोलोजिस्ट डा मैत्रेयी शिवकुमारका अनुसार इम्युनिटी बुस्ट गर्ने यसको कुनै सम्बन्ध नभएको पाइएको छ । कोरोनिल ट्याब्लेटले इम्युनिटी विस्तारको काम गर्छ भन्ने बारेमा कुनै स्पष्ट नभएको उनको धारणा छ ।

लन्डनको वेम्ब्लीस्थित एक पसल तथा वेबसाइटमा समेत कोरोनिल कोभिड १९ को इम्युनिटी बुस्टर भएको उल्लेख छ । यासैगरि अन्य चारवटा पसलमा समेत कोरोनिल ट्याब्लेटलाई कोभिड १९ इम्युनिटी बुस्टर भन्दै विक्री गरेको पाइएको छ ।

एकजना ग्राहकले भनेका छन्, ‘म ७८ वर्ष पुगे त्यसैले मैले यो कोरोनिल प्रयोग गर्दैछु, किनकि यदि म बाहिर पसलमा गएँ भने अरु मानिसबाट मलाई कोरोना भाइरस सर्न सक्छ ।’

बेलायतमा ‘मेडिसिन्स एण्ड हेल्थकेयर प्रोडक्ट रेगुलेटरी एजेन्सी (एमएचआरए) को अनुमति बिना यस्ता औषधि कोरोनाको उपचारमा प्रयोग गर्न पाइने छैन ।

पतंजली आयुर्वेद संस्थापक बाबा रामदेवले कोरोनिलले कोभिड विरामीलाई ठिक भएको बताएका थिए । भारत सरकारले भनेको छ, ‘पतंजली आयुर्वेदले कोरोनिललाई रोग प्रतिरोधात्मक क्षमताका आधारमा प्रचार गर्न सक्छ तर उपचारको रुपमा हैन ।’

पतंजली आयुर्वेदले पनि कोरोनिलले कोभिड १९ को उपचार गर्छ भन्ने आफ्नो दावीलाई फिर्ता लिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू