शनिबार, साउन १२, २०८१
03:14 | ०७:५९

बेलायत र सिंगापुरबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर

१७ बिलियन पाउन्ड बराबरको व्यापार सम्झौता

नेपाली लिङ्क डिसेम्बर १०, २०२०

फोटो बीबीसी

लन्डन । बेलायतले दक्षिणपूर्वी एशियाली शहर सिंगापुरसंग स्वतन्त्र व्यापार सम्झौतामा बिहीबार हस्ताक्षर गरेको छ । उक्त नयाँ सम्झौताले २२ बिलियन डलर अर्थात १७ बिलियन पाउन्ड  बराबरको व्यापारलाई समेट्ने समाचार माध्यमले जनाएका छन् ।

बेलायत र इयूबीचको संक्रमणकाल सकिएपछि सिंगापुरसंगको यस सम्झौताले बेलायतलाई ठूलो मद्दत पुग्ने बताइएको छ । सम्झौतापत्रमा बेलायतका तर्फबाट ‘सेक्रेटरी अफ स्टेट अफ इन्टरनेशनल ट्रेड’ लीज ट्रस र सिंगापुरका तर्फबाट व्यापार मन्त्री चान चुङ सिङबीच सिंगापुरमा आयोजित एक समारोहमा सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताबाट दुवै देशबीच कर सुविधा लगायत बजार व्यवस्थापनमा सहज पहुँच पुग्नेछ । जसबाट इलेक्ट्रोनिक्स, कार र सवारी साधनहरु, औषधि उत्पादनहरु, मेडिकल उपकरण लगायतका वस्तुहरुमा लाग्ने कर प्रणालीमा कटौती गरि थप सुविधा प्रदान गर्नेछ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र युरोपियन युनियन प्रमुखबीच गएराति ब्रसेल्समा भएको वार्ता निष्कर्षविहीन भए लगत्तै उक्त सम्झौता भएको हो । यद्धपि, साताको अन्तसम्ममा सहमतिको बिन्दुमा पुग्न सकिने उनीहरुको आशा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू