बिहीबार, वैशाख १३, २०८१
03:08 | ०७:५३

गोर्खा मुद्धामा दलहरुको समर्थन जुटाउंदै गेसो

नेपाली लिङ्क डिसेम्बर ९, २०२०

लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले गोर्खा मुद्धामा समर्थनका लागि नेपालका दलहरुसंग भेटघाट तीव्र पारेको छ । यसै क्रममा गेसोले बुधबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पार्टी कार्यालय बालकुमारीमा भेटी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको स्मरण पत्र हस्तान्तरण गरेको छ ।

भेटका क्रममा २२ मार्च २०१८ मा दुवै देशका सरकारलाई प्राविधिक समितिले तयार पारेर बुझाएको १३ बुंदे प्रतिवेदन, भूपू गोर्खा सैनिकहरुको नागरिकता निरन्तरता र प्रधानमन्त्री ओलीलाई बुझाइएको स्मरण पत्रमा उल्लेखित बुंदाहरुबारे ब्यापक छलफल भएको थियो ।

प्रतिनिधिमण्डलले सरकारलाई बुझाएको १३ बुंदे प्रतिवेदन सम्बन्धमा जनता समाजवादी पार्टीको तर्फबाट चांडो एक उच्च स्तरीय वार्ता समिति गठन गरि बेलायत सरकारसंग वार्ता गर्न सरकारलाई ध्यानाकर्षण गरिदिन पनि गेसोले अनुरोध गरेको छ ।

साथै गोर्खाहरुको नागरिकताको सवालमा यादको पार्टीले संसदमा समेत कुरा उठाइरहेको भन्दै गेसोले धन्यवाद समेत दिएको छ ।
पार्टीका अध्यक्ष यादवले गोर्खाहरुका माग सम्बन्धमा आफ्नो पार्टी जानकार रहेको र सो विषयमा निरन्तर बोलिरहेका स्मरण गर्दै सहयोग र साथ रहेको बताएका थिए ।

भेटमा नागरिकताबारे आफ्नो पार्टीले संसदमा नागरिकता संसोधन प्रस्ताव समेत दर्ता गरेको र यसबारे सरकारलाई ध्यानाकर्षण गराउने आश्वासन यादवले दिएको गेसो सभापति कृष्णकुमार राईले जनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू