बिहीबार, वैशाख १३, २०८१
08:51 | १३:३६

ब्रेक्जिटपछिको व्यापार वार्ता निकै कठिन: प्रधानमन्त्री जोनसन     

रासस-सिन्ह्वा डिसेम्बर ८, २०२०

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन

लन्डन । रासस सिन्हा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता तत्कालका लागि ‘निकै कठिन’ भएको बताएका छन् ।

यसैहप्ता प्रधानमन्त्रीको ब्रसेल्स भ्रमणको पूर्वसन्ध्यामा उनले उक्त धारणा राखेका हुन् ।

ईयूसँगको व्यापार सम्झौताका लागि भएको लामो वार्तामा सफलताको खोजी गर्न प्रधानमन्त्री जोनसन यस हप्ता ब्रसेल्स भ्रमण गर्दै छन् ।

“हामी आशावादी हुनुपर्दछ र विश्वास गर्नुपर्दछ कि व्यापार वार्ताले सफलता पाउनुपर्छ” प्रधानमन्त्रीले स्काई न्यूजसँगको कुराकानीमा भने ।

उनले थपे, “सत्य कुरा यो हो कि तत्कालका लागि व्यापार सम्झौता निकै कठिन छ ।”

जोनसनले अगाडि भने, “हामी अर्को दुई दिनमा कहाँ पुग्छौं भनेर हेर्नेछौं, तर मलाई लाग्छ कि बेलायत सरकार राजनीतिक वा अन्य कुनै पनि तहमा छलफललाई अघि बढाउन इच्छुक छ ।”

उनले भने, “त्यहाँ त्यहाँ सीमाहरू छन् जसबाट कुनै पनि समझदार, स्वतन्त्र सरकार वा देश बाहिर जानसक्दैन । सबैले यसलाई बुझ्नुपरयो ।”

प्रधानमन्त्री जोनसन बिहीबार ब्रसेल्स जाने सम्भावना रहेको बीबीसीले जनाएको छ ।

ब्रेक्जिटपछिको व्यापार वार्तामा गतिरोध अन्त्य गर्नका लागि जोनसन र युरोपियन आयोगका अध्यक्ष उर्सुला भोन डर लेनले ४८ घण्टाभित्र दोस्रो पटक सोमबार पनि टेलिफोन सम्वाद गरेका थिए ।

यसैबीच यूरोपेली संघ (इयूका) प्रमुख वार्ताकार मिसेल बार्नियरले बेलायतसँगको ब्यापार वार्तामा ईयू एकतावद्ध हुने र कुनै अनावश्यक त्याग गर्न नसकिने बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू