शुक्रबार, चैत १६, २०८०
05:33 | ११:१८

कोरोना प्रतिरोधी खोप, जसको चर्चा विश्वभर छ

एमआरएनए भ्याक्सिन पहिलोपटक मानिसमा प्रयोग

नेपाली लिङ्क डिसेम्बर ५, २०२०

लन्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले वर्ष दिनमा विश्वका १५ लाख बढी मानिसको ज्यान लिइसकेको छ भने साढे छ करोड मानिस संक्रमित भए ।

उक्त महामारी नियन्त्रण गर्ने चुनौति विश्वसामु आइलाग्यो र यतिखेर कोरोना भाइरस विरुद्ध खोप विकासामा संसारभरका वैज्ञानिक जुटेका छन् ।
हाल करिब दर्जन खोपको परीक्षण अन्तिम अर्थात तेश्रो चरणमा छन् । खोपको दौडमा अहिले अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकद्वारा विकसित भ्याक्सिन अग्रस्थानमा छ । जसले गत नोभेम्बरमा आफूले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी रहेको तथ्य सार्वजनिक गरेको थियो ।

त्यसैगरी मोडर्ना, अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका र स्पुतनिक जस्ता भ्याक्सिन पनि अन्तिम चरणमा छन् र ति निकै प्रभावकारी रहेको उनीहरुको दावी छ । तर, फाइजर–बायोएनटेकद्वारा विकास गरिएको भ्याक्सिन भने सर्वसाधारणका लागि प्रयोगको अनुमति प्राप्त पहिलो भ्याक्सिन बनेको छ ।

कोरोना प्रतिरोधी खोप फाइजर बायोएनटेक

बेलायतमा कोरोना प्रतिरोधी खोप फाइजर बायोएनटेक प्रयोगका रुपमा मन्जुरी पाउने पहिलो भ्याक्सिन बन्न सफल भएको छ । यस खोपलाई संसारमै सबैभन्दा पहिले बेलायतले प्रयोगका लागि स्वीकृति दिएको हो । बेलायतको  स्वास्थ्य नियामक संस्था एमएचआरए (मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी) ले बुधबार यसलाई प्रयोगका लागि अनुमति दिएको हो ।

कोरोना प्रतिरोधी उक्त खोप यस्तो खोप हो जसले दशौँ वर्ष लाग्ने प्रक्रियालाई दश महिनामा नै पूरा गरेको छ । यो एक नयाँ तरिकाको एमआरएनए भ्याक्सिन हो जसमा महामारीका बेला जम्मा गरिएका कोरोना भाइरसको जेनेटिक कोडको स–साना टुक्रा प्रयोग गरिएको छ ।

एमआरएनए भ्याक्सिन पहिलोपटक मानिसको शरीरमा प्रयोग गरिएको हो । यसअघि क्लिनिकल ट्रायलबाहेक एमआरएनए भ्याक्सिन मानिसको प्रयोगका लागि स्वीकृति दिइएको थिएन । उक्त भ्याक्सिनलाई मानिसको शरीरमा इन्जेक्ट गरिन्छ र यसले इम्यून सिस्टमलाई कोरोना भाइरसविरुद्ध लड्न एन्टीबडी बन्न र टी–सेललाई एक्टिभेट गरेर संक्रमित कोसिकालाई नष्ट गर्न मद्दत पुरयाउंछ ।

जब मानिस कोरोनाभाइरसद्वारा संक्रमित हुन्छन् तब उसको शरीरमा बनेको एन्टीबडी र टी–सेलले भाइरससँग लड्ने काम गर्नेछ । कोरोना भाइरस प्रतिरोधी भ्याक्सिनको रुपमा ९५ प्रतिशतसम्म सफल ठानिएको उक्त भ्याक्सिन बेलायतमा अब केहि दिनभित्रै शुरु गरिंदैछ ।

एक व्यक्तिका लागि दुई डोज आवश्यक पर्ने उक्त खोप बेलायतले दुई करोड मानिसका लागि चार करोड डोज सुरक्षित गरिसकेको छ । शुरुमा अत्यावश्यक परेका तथा नाजुक अवस्थामा रहेका मानिसहरुलाई भ्याक्सिन दिइने सरकारी योजना छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू