शुक्रबार, वैशाख ७, २०८१
11:32 | १६:१७

नेपालमा थप १३ कोरोना संक्रमितको मृत्यु   

रासस डिसेम्बर ३, २०२०

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ५५१ पुगेको छ ।

बितेको २४ घण्टामा नौ हजार २८९ नमूना परीक्षण गर्दा ८०९ पुरुष र ५३४ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रदेश नं १ मा २८२, प्रदेश नं २ मा ५१, वाग्मतीमा ६५१, गण्डकीमा १४७, लुम्बिनीमा १५४, कर्णालीमा १४ र सुदूरपश्चिम प्रदेशमा ४४ सङ्क्रमित थपिएका छन् । आज दुई हजार १११ कोरोनामुक्त भएका छन् ।

नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख २० हजार २७२ पुगेको छ । कोरोना निको हुने दर ९२.७ प्रतिशत पुगेको छ । सङ्क्रमितमध्ये १० हजार २७१ होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएका छ । तीन सय ८८ जनाको सघन उपचार कक्ष र ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मनाङ र डोल्पा कोरोनामुक्त भएका छन् भने झापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर र कास्कीमा ५०० बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू