बिहीबार, वैशाख १३, २०८१
12:24 | १७:०९

बेलायतमा एकसाता भित्र दुई हजार ८३८ संक्रमितको मृत्यु

२४ घन्टामा थप ५२१ संक्रमितको मृत्यु

नेपाली लिङ्क नोभेम्बर २७, २०२०

लन्डन । बेलायतमा २४ घन्टामा थप ५२१ कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ जानकारी दिएको छ । यसैगरि गएको २४ घन्टामा थप १६ हजार २२ जना नयाँ  संक्रमित थपिएको स्वास्थ्य विभागले उल्लेख गरेको छ । हिजो बिहीबार पनि १६ हजारकै हाराहारीमा संक्रमित थपिएका थिए । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या १५ लाख ८९ हजार ३०१ पुगेको छ ।

पछिल्ला दिनमा बेलायतमा दैनिक पाँच देखि ७ सयको हाराहरीमा कोरोना संक्रमितको मृत्यु भैरहेको छ ।

शुक्रबार साँझसम्म बेलायतमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ हजार ५५१ पुगेको छ । हिजो बिहीबार ४९७ जनाको मृत्यु भएको थियो । स्वास्थ्य विभागद्वारा सार्वजनिक तथ्याँक अनुसार बेलायतमा एकसाताभित्र दुई हजार ८३८ जनाको ज्यान गएको छ ।

कोरोना संक्रमणका कारण २४ घन्टामा थप एक हजार ४७१ जना हस्पिटल भर्ना भएका छन् । जसमध्ये एक हजार ४५६ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको सरकारी स्रोतले बताएको छ ।

हाल बेलायतका हस्पिटलमा १६ हजार ६४ जना संक्रमितको उपचार भैरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू