शुक्रबार, वैशाख १४, २०८१
03:25 | ०८:१०

बेलायतमा थप २१३ को मृत्यु, २१ हजार बढी संक्रमित

नेपाली लिङ्क नोभेम्बर १६, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सोमबार साँझसम्म ५२ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप २१३ जना नयाँ कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।

यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२ हजार १४७ पुगेको हो । तर, २८ दिनभित्र मृत्यु भएका कोरोना संक्रमित बिरामीको मृत्यु दर्ता प्रमाणपत्रको आधारमा भने मृतक संख्या ६१ हजार ६४८ पुगेको छ ।

यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि १३ लाख  ९० हजार ६८१ पुगेको छ । सोमबार सांझ सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप २१ हजार ३६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । २४ घन्टामा करिब २ लाख ८३  हजार ८६६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

यसैगरी पछिल्लो २४ घन्टामा थप एक हजार ८४३ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् भने एक हजार ३५५ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । हाल १४ हजार ९१५ संक्रमितको हस्पिटलमा उपचार भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू